Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन


काठमाडौँ। नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामाथि महाअभियोगको प्रश्ताव दर्ता गराउन सांसदहरुलाई हस्ताक्षर गराइएको भन्ने कुरा झुटो भएको बताएका छन् ।

मंगलवार सिंहदरबारमा दुवै राजनीतिक दलले आफ्ना सांसदहरुलाई खाली पानामा हस्ताक्षर गराएका छन् । कारणबारे सबैले उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गराउने अनुमान गरेपनि दुवै राजनीतिक दलहरुले यसको खण्डन गरेका छन् । नेपाली काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदीय दलले हस्ताक्षर गराउनसक्ने र कुनैपनि बेला काम लागेको समयमा प्रयोग गर्नसक्ने बताएका छन् । उनले उपसभामुखले पदीय आचरण पूरा नगरेको हुनाले उहाँमाथि हटाउन प्रश्ताव पेश हुँदैछ भन्नेकुरा सञ्चारमाध्यममा आएको भएपनि त्यो सही नभएको बताएका छन् ।

उनले भने, ‘संसदीय दलले केही काम कुनैपनि बेला पर्नसक्छ, कुनैपनि काम गर्नुपर्ने हुनसक्छ । उपसभामुखले पदीय आचरण पूरा नगरेको हुनाले उहाँमाथि हटाउन प्रश्ताव पेश हुँदैछ भन्नेकुरा सञ्चारमाध्यममा आएको छ । त्यो सही होइन । अहिले केही विधेयकहरु अड्किएर बसेका छन् । त्यसलाई टुंग्याउने बारेमा छलफल हुन्छ ।’

नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुखले पदीय मर्यादा विपरितकेही मानिसहरुलाई अमेरिकाका लागि असम्बन्धित कार्यक्रममा लैजान पत्राचार गर्नुभएको कुरा संसदमा उठेको भएपनि अहिले सांसदहरुको हस्ताक्षर त्यस प्रयोजनका लागि नभएको बताएका छन् । उनले सत्तारुढ दल उपसभामुखमाथि महाअभियोग लगाउने निर्णयमा पुगि नसकेको बताए यद्यपि उहाँमाथिको आरोप राफसाफ गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘उपसभामुखले पदीय मर्यादा विपरित असबन्धित रुपमा पत्राचार गरेर केही मानिसहरुलाई अमेरिकाका लागि असम्बन्धित कार्यक्रममा लैजान पत्राचार गर्नुभयो । हामी उहाँमाथि महाभियोग प्रश्ताव दर्ता गर्नुपर्छ भन्नेबारेमा निर्णयमा पुगिसकेका छैनौँ । आज भोलि नै उहाँका बारेमा कुनै प्रश्ताव दर्ता गर्ने मनशायमा सत्तारुढ दलहरु छैनन् । संसदमा उहाँको विषय उठेको सत्य हो । त्यो विषयले पनि किनारा पाउनुपर्छ । उहाँमाथि पनि आरोप लागेपछि न्याय पाउनुपर्छ । यो संसदले गर्ने काम हो । सरकारको कुरा होइन ।’

उहाँमाथि महाअभियोग प्रश्ताव दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय सरकारले नभइ संसदले गर्ने पनि बताएका छन् ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?