Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन घाइते


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा आइतबार बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब १:४७ बजे जिक्सर मोटरसाइकल (प्रदेश ३-०२-००२ प ५७२) र स्कुटर (बागमती प्रदेश ०२-०४१ प ६८१९) एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घाइतेमध्ये गोरखा घर भएका २४ वर्षीय एरिक परियारसहित दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। तर सिराहा जन्दहका २९ वर्षीय भोला थापा र करिब ३५ वर्षीय एक पुरुषलाई उपचारकै क्रममा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

दुबै सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।


प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?