Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेका छन्ः प्रचण्ड


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेको बताएका छन् ।

भक्तपुरमा शुक्रवार आयोजित चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू देशका विभिन्न स्थानहरुमा जाँदा अहिले धेरै ठाउँमा युवाहरु र नागरिक पनि आफ्नै देशमा रोजगारी सिर्जन गर्ने अभियानतर्फ लागेको पाएको बताएका छन् । उनले उनीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । विदेश जाने मनोवृत्तिलाई विस्तारै परिवर्तन गर्नुपर्ने बताउदै देशभित्रै सम्भावना र सम्भव रहेको पनि जिकिर गरेका छन् ।

उनले आफ्नो देश, इतिहास, विकास, प्रक्रिया र संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास आजको ठूलो चुनौति रहेको बताउदै गौरवशाली इतिहास र प्रकृतिबाट नै आफ्नै विकासको मौलिक मोडेल आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकिने जिकिर गरे ।

अध्यक्ष दाहालले भने, ‘अहिले देशका विभिन्न भागमा जाँदा धेरै ठाउँमा आज भोलि युवाहरु र जनताको पनि नागरिकको एउटा ठूलो हिस्सा विस्तारै विस्तारै आफ्नै देशमा रोजगारी श्रृष्टि गर्नेतर्फ विभिन्न रुपले गतिविधि अघि बढाउन पहल गर्नुभएको छ । त्यसलाई हामी सबैले प्रोत्साहित गर्नुपर्नेछ । विदेश जाने मनोवृत्तिलाई विस्तारै परिवर्तन गर्नुपर्छ । देशभित्रै सम्भव छ, देशभित्रै सम्भावना छ । हामी कहाँ प्रचुर प्रकृति र इतिहासले, संस्कृति र जाति, भाषाले धेरै चिज हामीलाई दिएको छ । संसारको अरु देशमा त्यो भेटिँदैन । आफ्नो देश, इतिहास, विकास र प्रक्रियाप्रति, हाम्रो संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास आजको ठूलो चुनौतिपूर्ण आवश्यकता भएको ठानेको छु । हामीले सकारात्मक सोच राख्नुपर्छ । रचनात्मक ढंगले कामहरु अघि बढाउनुपर्छ । हाम्रो गौरवशाली इतिहास र प्रकृतिबाट हामीले आफ्नै विकासको मौलिक मोडेल आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रिया भनेकै यही नै हो ।’

अध्यक्ष दाहालले पर्यटन विकासको निम्ति के गर्न सकिन्छ भन्नेकुरा योजना बनाएर अघि बढ्न जरुरी रहेको बताउदै आफ्नो पालिकाको वस्तुस्थिति बुझेर पालिकाहरुले आफ्नो पालिकामा कुन कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने योजना बनाउन जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?