Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैनः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको स्पष्ट पारेका छन् ।

विधायन व्यवस्थापन समितिको बिहीवारको बैठकमा बोल्दै उनले गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा पाउनुपर्ने भन्दै माग गरेका छन् । तर सरकारले भने दुई देशको नागरिकता दिन नसकिने बताउँदै आएको छ । उनले कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वतः समाप्त हुने बताएका छन् । यदी नेपालको नागरिकले विदेशको नागरिकता लिइसकेको छ र पुनः नेपालको नागरिकता लिन चाहन्छ भने जुन देशको नागरिकता लिएको छ, त्यो देशको नागरिकता छोडेर छोडेको डकुमेण्ट ल्याएर नेपालमा दर्ता गर्यो भने त्यसै दिनदेखि नेपालको नागरिकता कायम हुने व्यवस्था वर्तमान ऐनले गरेको बताएका छन् । उनले दुवै देशको नागरिकता राख्न दिने हो भने संविधान संशोधन गर्दा पहल गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘वर्तमान नागरिकता ऐनमा हामीले जब रिफ्लेक्ट ग¥यौँ, यदी कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वतः समाप्त हुन्छ । अहिलेको ऐनले । अर्को ऐनले यदी नेपालको नागरिकले विदेशको नागरिकता लिइसकेको छ र पुनः नेपालको नागरिकता लिन चाहन्छ भने जुन देशको नागरिकता लिएको छ, त्यो देशको नागरिकता छोडेर छोडेको डकुमेण्ट ल्याएर नेपालमा दर्ता ग¥यो भने त्यसै दिनदेखि नेपालको नागरिकता कायम हुन्छ । जुन दिनदेखि छोडेर गएको थियो, त्यही नागरिकता प्राप्त गर्छ भनेर भनेको छ । दोहोरो नागरिकता हुँदैन । यदी अर्को देशको नागरिकता नेपालीले लिन्छ भने नेपालको नागरिकता समाप्त हुन्छ । पुनः लिन चाहन्छ भने अर्को देशको नागरिकता छोड्नुपर्छ । नेपालले दोहोरो नागरिकताको परिकल्पना नगरेको अवस्था विद्यमान छ ।’

उनले आमाको नामबाट सरल रुपले नागरिकता पाओस् भन्ने उद्देश्य सरकारको रहेको बताएका छन् । बिहीवार नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल भएको हो । छलफलमा उहाँले आमाले घोषणा गरेर मेरो सन्तान हो भनेको खण्डमा नागरिकता दिनुपर्ने प्रावधान राख्नुपर्ने विधेयकको उद्देश्य रहेको बताए ।

उनले भने, ‘आमाको नामबाट सरल रुपले नागरिकता पाओस् भन्ने मेरो उद्देश्य हो । यो विधेयकको उद्देश्य हो । आमाले घोषणा गरेर मेरो बालक हो भन्यो भने नागरिकता दिनुपर्छ । आमाको नागरिकता हो भनेर जाँच्दा हुन्छ । आमाको नागरिकता ठिक छ, आमाले मेरो सन्तान हो भन्यो भने दिनुपर्छ । यसमा स्वघोषणा राखेर जाऔँ । बरु अरु केही कुरा राख्नुपर्छ की हामीले अनुमान नगरेको, प्रतिनिधि सभाबाट अनुमान हुन नसकेको अवस्था पनि हुनसक्छ । ’

गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता दिन प्रतिनिधि सभाबाट अनुमान हुन नसकेको कुराहरु भए राख्न पनि सांसदहरुसँग माग गरेका छन्।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?