Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ ।

बुधवार काठमाडौंस्थित एक होटलमा अधिवेशन हुने कार्यक्रम थियो । संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच नाराबाजी हुन थालेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अधिवेशन स्थगित भएको घोषणा गरेका छन्। अध्यक्ष लिङदेन पनि कार्यक्रममा सहभागी हुन पुगेका थिए तर अधिवेशन हुने स्थिति नबनेपछि घटनाको छानविनपछि मात्रै अधिवेशन हुने घोषणा गरेका छन् । उनले अधिवेशन हुन नदिने र बाहुबल प्रयोग गर्ने प्रयासलाई टुलुटुलु हेरेर नबस्ने पनि चेतावनी दिएका छन् ।

उनले भने, ‘अधिवेशन हुन नदिने र बाहुबल कसैले प्रयोग गर्ने प्रयास गर्दछ भने त्यसलाई हामीले टुलुटुलु हेरेर बस्दैनौँ । यो पार्टीको भविष्यसँग हामी सबैको भविष्य गाँसिएको छ । तपाईंहरु यो पार्टीको उत्तराधिकारी हो । कसैको केटा होइन । केही कुरा भन्नु छ भने बन्दसत्रमा छलफल हुन्छ । चित्त नबुझेका कुुरा छलपफल गरेर टुंगो लगाइन्छ । तर गुण्डागर्दी र बाहुबलबाट टुंगो लाग्दैन । शान्तिपूर्ण वातावरण बनाएर अधिवेशन अघि बढाउन अनुरोध गर्दछु । अहिले यही अवस्थामा अधिवेशन बढाउन उचित देखिँदैन । त्यसकारण यो अधिवेशन यहीँ स्थगित हुन्छ । छानविनपछि मात्रै स्थगित हुन्छ ।’

अध्यक्ष लिङदेनले युवाहरु पार्टीको उत्तराधिकारी भएकाले सोही आचरणअनुसार काम गर्न पनि निर्देशन दिएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?