Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ ।

बुधवार काठमाडौंस्थित एक होटलमा अधिवेशन हुने कार्यक्रम थियो । संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच नाराबाजी हुन थालेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अधिवेशन स्थगित भएको घोषणा गरेका छन्। अध्यक्ष लिङदेन पनि कार्यक्रममा सहभागी हुन पुगेका थिए तर अधिवेशन हुने स्थिति नबनेपछि घटनाको छानविनपछि मात्रै अधिवेशन हुने घोषणा गरेका छन् । उनले अधिवेशन हुन नदिने र बाहुबल प्रयोग गर्ने प्रयासलाई टुलुटुलु हेरेर नबस्ने पनि चेतावनी दिएका छन् ।

उनले भने, ‘अधिवेशन हुन नदिने र बाहुबल कसैले प्रयोग गर्ने प्रयास गर्दछ भने त्यसलाई हामीले टुलुटुलु हेरेर बस्दैनौँ । यो पार्टीको भविष्यसँग हामी सबैको भविष्य गाँसिएको छ । तपाईंहरु यो पार्टीको उत्तराधिकारी हो । कसैको केटा होइन । केही कुरा भन्नु छ भने बन्दसत्रमा छलफल हुन्छ । चित्त नबुझेका कुुरा छलपफल गरेर टुंगो लगाइन्छ । तर गुण्डागर्दी र बाहुबलबाट टुंगो लाग्दैन । शान्तिपूर्ण वातावरण बनाएर अधिवेशन अघि बढाउन अनुरोध गर्दछु । अहिले यही अवस्थामा अधिवेशन बढाउन उचित देखिँदैन । त्यसकारण यो अधिवेशन यहीँ स्थगित हुन्छ । छानविनपछि मात्रै स्थगित हुन्छ ।’

अध्यक्ष लिङदेनले युवाहरु पार्टीको उत्तराधिकारी भएकाले सोही आचरणअनुसार काम गर्न पनि निर्देशन दिएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?