Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न राप्रपाको माग


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले अहिले पनि भिजिट भिसामा विदेश पठाउने प्रक्रियामा अवैध असुली धन्दा चलिरहेको आरोप लगाएका छन् । सांसद सिंहले पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ वा सुशिला कार्कीमध्ये एक जनाको अध्यक्षतामा छानविन समिति गठन गर्न माग गरेका छन्।

उनले भने, ‘अहिले पनि विदेशी जाने हाम्रा भाई, छोराछोरीहरुलाई भिजिट भिसामा विदेश पठाउने कुरामा असुली धन्दा चलिराखेको छ । त्यसैको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय छानविन आयोग गठन होस् भनेर माग राख्दै आएको छ । तर यो काण्डमा पनि उच्चस्तरीय छानविन आयोग नबन्ने हो भनेदेखि पूर्वन्यायाधीशको नेतृत्वमा छानविन आयोग बनाउन कसले रोकेको छ ? सभामुख महोदय यो सदनका सबै माननीयज्यूहरु पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ अथवा सुशिला कार्कीको अध्यक्षता छानविन समिति गठन गरौँ । यदि छानविन समिति बन्दैन भने भत्ता समेत नलिकन राप्रपाले बैठक बहिस्कार गर्नेछ ।’

भिजिट भिसा प्रकरणबारे छानविन समिति गठन नभएसम्म आफ्नो पार्टीका सांसदहरूले भत्ता नलिई संसद बैठक बहिष्कार गर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?