काठमाडौँ। राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
उनले भने,‘आजको दिन ट्रान्समिसन लाइन एकदमै महत्वपूर्ण क्षेत्र हो । आजको दिनमा लगानी बढ्नुपर्ने क्षेत्रमा घट्दैछ । श्रीमान सचिव, मन्त्री ज्यूलाई अगाडी राखेर म भन्दैछु, ट्रासमिसनलाइन किन लगानी घट्दैछ ? त्यसमा साच्चिकै काम गर्नुपर्नेछ ।’
उनले प्रशारण लाइन निर्माणमा गति दिनुपर्ने बताउदै अहिले पनि धेरै प्रशारण लाइनको अभाव झेल्नुपरिरहेको बताएका छन्। उनले समस्या समाधानका लागि निजी क्षेत्रलाई समेत प्रशारण लाइनहरुमा लगानी गर्न लगाउनुपर्ने बताए । उनले प्रशारण लाइन निर्माणमा लगानी बढ्नुपर्नेमा घट्दै जानु दुखद रहेको पनि बताए ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार