Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

यो सत्ता समीकरण ०८४ को निर्वाचनसम्मै रहन्छः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले ०८४ सालको निर्वाचनसम्मै वर्तमान सत्ता समीकरण अघि बढ्ने बताएका छन् ।

काठमाडौंमा मंगलवार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर स्थिर सरकार दिएको बताएका छन् । मुलुकमा सरकारको स्थिरता नै सुनिश्चित हुन नसकेपछि नागरिकका समस्या समाधान हुन सक्दैनन् भन्ने बुझेर बनेको सरकार भएको बताए । सरकारको स्थिरताले भूमि समस्या समाधान आयोगको स्थिरता पनि कायम हुने बताउदै परिणाम राम्रो निस्किने विश्वास व्यक्त गरे । नेतृत्व परिवर्तन हुनेकुरामा पनि स्पष्ट रहेको र सरकारको नेतृत्व परिवर्तनले पनि आयोगलाई कुनै समस्या नहुने बताएका छन् ।

गृहमन्त्री लेखकले भने, ‘अहिले हामीले स्थिर सरकार दिएका छौँ । यो सरकार मुलुकमा सरकारको स्थिरता नै सुनिश्चित हुन नसकेपछि अरु नागरिकसँग जोडिएका विषयहरु सुनिश्चित हुन सकेन । अहिलेको सरकार निर्माणको उद्देश्य भनेको दुई ठूला राजनीतिक दलहरुले स्थिर सरकार दिने उद्देश्यका साथ यो समीकरण बनाएका छौँ । यो समीकरणले स्थिर सरकार दिन्छ । स्थिरताले आयोग पनि स्थिर हुन्छ । आयोगले काममा पूर्णता दिनसक्छ । यो कुरा हामी ढुक्कका साथ भन्नसक्छौँ । तपाईंहरु दुई वर्षसम्म ढुक्कले काम गर्नुस् । तपाईंहरुलाई कुनै बाधा, व्यवधान, आयोग परिवर्तन केही पनि हुँदैन । किनभने यो समीकरण, नेपाली काँग्रेस र नेकपा एमाले मिलेर जुन सहमति गरेका छौँ, त्यो सहमति अनुसार यो समीकरण रहन्छ । ०८४ सालको निर्वाचनसम्म समीकरण रहन्छ । सरकारको स्थिरता रहन्छ । नेतृत्व परिवर्तन हुनेकुरामा पनि स्पष्टताको साथ भनेका छौँ । नेतृत्व परिवर्तनले पनि आयोगलाई कुनै समस्या हुँदैन । त्यसले निरन्तरता पाउँछ । तपाईंहरु ढुक्कसँग काम गर्नुस् ।’

गृहमन्त्री लेखकले सरकारले आयोगलाई गर्ने सहयोग पूर्ण रुपमा गर्ने प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?