Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

यो सत्ता समीकरण ०८४ को निर्वाचनसम्मै रहन्छः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले ०८४ सालको निर्वाचनसम्मै वर्तमान सत्ता समीकरण अघि बढ्ने बताएका छन् ।

काठमाडौंमा मंगलवार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर स्थिर सरकार दिएको बताएका छन् । मुलुकमा सरकारको स्थिरता नै सुनिश्चित हुन नसकेपछि नागरिकका समस्या समाधान हुन सक्दैनन् भन्ने बुझेर बनेको सरकार भएको बताए । सरकारको स्थिरताले भूमि समस्या समाधान आयोगको स्थिरता पनि कायम हुने बताउदै परिणाम राम्रो निस्किने विश्वास व्यक्त गरे । नेतृत्व परिवर्तन हुनेकुरामा पनि स्पष्ट रहेको र सरकारको नेतृत्व परिवर्तनले पनि आयोगलाई कुनै समस्या नहुने बताएका छन् ।

गृहमन्त्री लेखकले भने, ‘अहिले हामीले स्थिर सरकार दिएका छौँ । यो सरकार मुलुकमा सरकारको स्थिरता नै सुनिश्चित हुन नसकेपछि अरु नागरिकसँग जोडिएका विषयहरु सुनिश्चित हुन सकेन । अहिलेको सरकार निर्माणको उद्देश्य भनेको दुई ठूला राजनीतिक दलहरुले स्थिर सरकार दिने उद्देश्यका साथ यो समीकरण बनाएका छौँ । यो समीकरणले स्थिर सरकार दिन्छ । स्थिरताले आयोग पनि स्थिर हुन्छ । आयोगले काममा पूर्णता दिनसक्छ । यो कुरा हामी ढुक्कका साथ भन्नसक्छौँ । तपाईंहरु दुई वर्षसम्म ढुक्कले काम गर्नुस् । तपाईंहरुलाई कुनै बाधा, व्यवधान, आयोग परिवर्तन केही पनि हुँदैन । किनभने यो समीकरण, नेपाली काँग्रेस र नेकपा एमाले मिलेर जुन सहमति गरेका छौँ, त्यो सहमति अनुसार यो समीकरण रहन्छ । ०८४ सालको निर्वाचनसम्म समीकरण रहन्छ । सरकारको स्थिरता रहन्छ । नेतृत्व परिवर्तन हुनेकुरामा पनि स्पष्टताको साथ भनेका छौँ । नेतृत्व परिवर्तनले पनि आयोगलाई कुनै समस्या हुँदैन । त्यसले निरन्तरता पाउँछ । तपाईंहरु ढुक्कसँग काम गर्नुस् ।’

गृहमन्त्री लेखकले सरकारले आयोगलाई गर्ने सहयोग पूर्ण रुपमा गर्ने प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?