Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सरकारले न्यायपालिकाको स्वतन्त्रता कुण्ठित र मिडियामाथि नियन्त्रण गर्यो : रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले आफू अनुकुल कानून बनाउने, न्यायपालिकाको स्वतन्त्रता कुण्ठित पार्ने र मिडियामाथि नियन्त्रण गर्ने गरिरहेको आरोप लगाउँदै आलोचना गरेका छन्।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले सरकार स्वयंको कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको टिप्पणी छ । उनले भिजिट प्रकरणदेखि पासपोर्ट छपाइमा भागबण्डा, ‘कुलिङ पिरियड’ दुरुपयोग र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेका संसद र सरकार उदासिन रहेको आरोप पनि लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई हाउ डेमोक्रेसी इज डाई भन्ने किताव पढ्न र आफ्नो सरकारले एक वर्षदेखि गरिरहेका कामको मूल्याङ्कन गर्न आग्रह समेत गरेका छन् । सांसद खनालले सुशासन सुनिश्चित गर्न र ‘भ्रष्टाचारी मन्त्रीहरू पदमा नरहनुपर्ने आफ्नो पार्टीको माग रहेको दोहोर्याएका छन् ।

उनले भने, ‘हामीले भिजट भिसा प्रकरणको स्वतन्त्र छानविनको माग  गर्दा लिचिबारीको अडियो टेप आयो, पासपोर्ट छपाईमा भागबण्डा भएको खबर बाहिरियो र कुलिङ पिरियडको बदमासीको जिम्मेवारी लिनुपर्छ भन्ने कुरा आयो र पनि संसद मौन छ । र उल्टै विपक्षीको आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको छ । केही दिनअघि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले अझै पनि घुस लिइरहेको सूचना प्रहरी कहाँ पुग्छ । तर गृहमन्त्रीलाई अफ्ठ्यारो पर्छ भनेर छानविन अगाडि बढ्दैन । लोकतन्त्र मास्न खोज्नेहरु आफ्नो अनुकुल कानून बनाउँछन् । न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन । कार्यकारी अधिकार बलियो बनाएर मिडियामाथि नियन्त्रण गर्न खोज्छन् । र पनि प्रधानमन्त्रीज्यु भन्नुहुन्छ व्यवस्थाविरोधी शक्तिहरु संसद अवरुद्ध गरिराखेका छन् । प्रधानमन्त्रीलाई मेरो आग्रह छ, हाउ डेमोक्रेसी इज डाई भन्ने किताव पढ्नुहोस् । र अनि आफ्नो सरकारले एक वर्षदेखि गरिरहेका कामहरुसँग मूल्याङ्कन गर्नुहोला । हामी सुशासन होस्, भ्रष्टाचारी मन्त्रीहरु पदमा नरहुन् भन्ने चाहान्छौं, तपाई के चाहनुहुन्छ ?’

उनले आफूहरु मुलुकमा सुशासन कायम होस् भन्ने चाहेको उल्लेख गर्दै प्रधानमन्त्रीले के चाहेको हो ? भन्दै प्रश्न गरेका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?