Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

व्यक्तिगत अपमान र गालीगलौज गर्ने काम रोक्न रास्वपालाई एमालेको चेतावनी


काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र कार्यकर्ताहरूलाई व्यक्तिगत अपमान र गालीगलौज गर्ने काम रोक्न चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् आमाबाबुको नाम लिएर गालीगलौज गर्ने व्यवहार अहिले ठिक लागेपनि भविष्यमा धेरै भारी पर्ने उनको चेतावनी छ । उनले पार्टी सभापतिमाथि राजनीतिक प्रतिशोधको आरोप लगाउँदै हस्ताक्षर अभियान र चन्दा संकलन गरिरहेकोप्रति पनि कटाक्ष गरे । आरोपिले बिगो भरेर अपराध स्वीकार गरिसकेको उल्लेख गर्दै हस्ताक्षर अभियानको कुनै औचित्य नरहेको बताएका छन् ।

उनले भने, ‘कसैलाई आमाको नाममा कसैलाई बाबुको नाममा कसैका स्वर्गारोहन हुनुभएको हजुरबुबाको नामममा समेत गाली गर्ने कार्य राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका कार्यकर्ताहरुबाट भइरहेको छ । म उहाँहरुलाई आग्रह गर्न चाहन्छु । यस्ता गालीहरु सुधार गर्नुहोस् । आज तपाईहरुलाई ठिक लागेपनि कालान्तरमा यही चिज तपाईंहरुलाई भारी हुन्छ । उहाँहरुले राजनीतिक प्रतिशोध भन्दै चन्दा संकलन तथा हस्ताक्षर अभियान पनि चलाउनुभएको छ । जसलाई राजनीतिक प्रतिशोध भनेर हस्ताक्षर र चन्दा संकलन गर्दै हुनुहुन्थ्यो । तिनै व्यक्तिले बिगो स्वीकार गरेर जमानतमा छुटिपाउँ भनेर निवेदन दिए । म साथीहरुलाई सोध्न चाहन्छु, बिगो स्वीकार गर्ने कुरा आफैंमा अपराधको स्वीकारोक्ति होइन । तपाईको अध्यक्ष र दलले बिगो दिएर अपराध स्वीकार गर्ने तहमा पुगिसकेपछि यो राजनीतिक प्रतिशोध लगाइएको हो भनेर लगाइएको आरोप नाटक हो भनेर प्रमाणित भएन र ?’

बिगो स्वीकार्नु अपराधको समेत स्वीकारोक्ति भएको उल्लेख गर्दै उहाँले राजनीतिक प्रतिशोध गरेको भन्ने आरोप नाटकजस्तै भएको प्रमाणित भएको टिप्पणी गरेका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?