Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

व्यक्तिगत अपमान र गालीगलौज गर्ने काम रोक्न रास्वपालाई एमालेको चेतावनी


काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र कार्यकर्ताहरूलाई व्यक्तिगत अपमान र गालीगलौज गर्ने काम रोक्न चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् आमाबाबुको नाम लिएर गालीगलौज गर्ने व्यवहार अहिले ठिक लागेपनि भविष्यमा धेरै भारी पर्ने उनको चेतावनी छ । उनले पार्टी सभापतिमाथि राजनीतिक प्रतिशोधको आरोप लगाउँदै हस्ताक्षर अभियान र चन्दा संकलन गरिरहेकोप्रति पनि कटाक्ष गरे । आरोपिले बिगो भरेर अपराध स्वीकार गरिसकेको उल्लेख गर्दै हस्ताक्षर अभियानको कुनै औचित्य नरहेको बताएका छन् ।

उनले भने, ‘कसैलाई आमाको नाममा कसैलाई बाबुको नाममा कसैका स्वर्गारोहन हुनुभएको हजुरबुबाको नामममा समेत गाली गर्ने कार्य राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका कार्यकर्ताहरुबाट भइरहेको छ । म उहाँहरुलाई आग्रह गर्न चाहन्छु । यस्ता गालीहरु सुधार गर्नुहोस् । आज तपाईहरुलाई ठिक लागेपनि कालान्तरमा यही चिज तपाईंहरुलाई भारी हुन्छ । उहाँहरुले राजनीतिक प्रतिशोध भन्दै चन्दा संकलन तथा हस्ताक्षर अभियान पनि चलाउनुभएको छ । जसलाई राजनीतिक प्रतिशोध भनेर हस्ताक्षर र चन्दा संकलन गर्दै हुनुहुन्थ्यो । तिनै व्यक्तिले बिगो स्वीकार गरेर जमानतमा छुटिपाउँ भनेर निवेदन दिए । म साथीहरुलाई सोध्न चाहन्छु, बिगो स्वीकार गर्ने कुरा आफैंमा अपराधको स्वीकारोक्ति होइन । तपाईको अध्यक्ष र दलले बिगो दिएर अपराध स्वीकार गर्ने तहमा पुगिसकेपछि यो राजनीतिक प्रतिशोध लगाइएको हो भनेर लगाइएको आरोप नाटक हो भनेर प्रमाणित भएन र ?’

बिगो स्वीकार्नु अपराधको समेत स्वीकारोक्ति भएको उल्लेख गर्दै उहाँले राजनीतिक प्रतिशोध गरेको भन्ने आरोप नाटकजस्तै भएको प्रमाणित भएको टिप्पणी गरेका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?