Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

युवाहरुले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्नुस्: राष्ट्रपति


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरुलाई सुझाव दिएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरुको काँधमा रहेको बताउदै युगिन जिम्मेवारी पूरा गर्न युवाहरु सक्षम रहेको पनि बताएका छन् । उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने अहिलेको समयको माग भएको जिकिर गरे। विश्वव्यापीकरण र सूचना तथा प्रविधिको तिब्रतर विस्तारको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास सुशासन र समृद्धिको सपना पूरा गर्नु नै आजको मुख्य कार्यभार भएको बताएका छन् । उद्यमशिलता आर्थिक विकासको आधार भएको बताए । युवाको विदेश पलायन रोकि उनीहरुलाई स्वदेशमै रोजगारीतर्फ आकर्षण गर्ने उद्यमशिलता विस्तार एवं प्रवद्र्धन गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् । प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन, सूचना प्रविधिसहितका उद्यमशिलताका विभिन्न क्षेत्रमा नेपाली युवाहरुले आफूलाई अब्बल प्रमाणित गरिसकेको पनि बताएका छन् ।

राष्ट्रपति पौडेलले भने, ‘अब यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरुको काँधमा छ । युगिन जिम्मेवारी पूरा गर्न तपाईंहरुको सक्षम हुनुहुन्छ । उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने यो समयको माग हो । विश्वव्यापीकरण र सूचना तथा प्रविधिको तिब्रतर विस्तारको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास सुशासन र समृद्धिको सपना पूरा गर्नु नै आजको मुख्य कार्यभार हो । उद्यमशिलता आर्थिक विकासको आधार हो । यसका लागि युवाको विदेश पलायन रोकि उनीहरुलाई स्वदेशमै रोजगारीतर्फ आकर्षण गर्ने उद्यमशिलता विस्तार एवं प्रवद्र्धन गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक छ । प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन, सूचना प्रविधिसहितका उद्यमशिलताका विभिन्न क्षेत्रमा नेपाली युवाहरुले आफूलाई अब्बल प्रमाणित गरिसकेका छन् ।’

राष्ट्रपति पौडेलले प्रविधिबाट अभ्यस्त नेपाल युवालाई स्वदेशमै अवर दिन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातारवण निर्माण र नवप्रवर्तन र उद्यमशिलता विस्तारलाई प्राथमिकता दिएको बताएका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?