Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

गैरआवासीय नेपालीलाई अधिकारसम्पन्न नागरिकता दिन विधेयक मस्यौदा लेखन भइरहेको छः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिक (एनआरएन)लाई नागरिकता दिने व्यवस्था गर्न विधेयक मस्यौदा लेखन कार्य भइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको विधेयक व्यवस्थापन समितिको बैठकमा नागरिकतासम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्थासँग सम्बन्धित नरहेको स्पस्ट पारेका छन् । उनले नागरिकता लिने प्रक्रियामा सहयोग नगरेको खण्डमा आमाको नाम नराखेर पनि नागरिकता लिन सकिने प्रश्ताव स्वीकार गरे । उहाँ जबरजस्तीकरणीबाट जन्मिएका बालबालिकालाई नागरिकता दिने विषय समेत विधेयकले सम्बोधन गरेको बताए आमाको थरबाट नागरिकता पाउने व्यवस्था विद्यमान कानूनले नै दिएको भएपनि पैत्रृक सम्पती पाउन मुस्किल हुनेतर्फ बहस र छलफल आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘बाबुको नाम नराखेर नागरिकता लिन मिल्छ भने आमाको नाम नराखेर कि नमिल्ने भन्ने प्रश्न उठेको छ । हुन्छ । तर आमा बाबुजति कठोर हुन सक्दैन । आमाको नाम समेत नराखेर नागरिकता लिन मिल्ने कुरालाई ग्रहण गर्छु । यो समस्या हुने समस्या होइन । उजुरी दिने समयावधीमा पनि प्रश्न उठेको छ । कैफियत प्रतिवेदनका लागि निर्णय गर्न कति समय लाग्छ भन्ने कुरामा ३० दिन राखेका हौँ । यसलाई चरणबद्ध रुपले सीमा तोक्ने विषय पनि स्वीकारयोग्य विषय छ । नाबालक भएको बेला स्वघोषणा गलत भएको अवस्थामा तोकिएको सजायबारे पनि सोच्न सकिन्छ । गैरआवासीय नागरिकको नागरिकतासँग यो विधेयक सम्बन्धित नै छैन । गैरआवासीय नागरिकको नागरिकताको लागि छुट्टै विधेयक मस्यौदा लेखन भइरहेको छ । चाँडै नै संघीय सदनमा लैजान्छौं । जबरजस्तीकरणीको बालकको बारेमा भएको व्यवस्था पनि यही विधेयकले समावेश गर्छ । त्यस्ता बालकलाई नागरिकता दिने अधिकार यो विधेयक सुनिश्चित गर्छ । आमाको थरबाट नागरिकता पाउने व्यवस्था अहिलेकै कानूनमा छ । सम्पतीको हकमा समस्याबारे कुरा उठेका छन् । यसबारे छलफल गर्न सकिन्छ ।’

ब्रिटिस गोर्खाका सन्तानलाई नेपाली नागरिकता उपलब्ध गराउने विषय सम्बोधन गर्न संविधान पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनले नागरिकता विधेयकलाई छिटो टुंग्याउन समेत समितिसँग आग्रह गरेका छन् ।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?