Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

राजावादी प्रदर्शनमा संलग्न थप २ जनालाई धरौटीमा छाड्न आदेश


काठमाडौँ । राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  तीन जनालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशअनुसार दुर्गा प्रसाईंका सहयोगी सुशील बराल र तारा राजावादीका नामले चिनिने सरोज गौतमलाई ५०/५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको हो।

यसअघि अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनीहरू तीनै जनालाई गत चैत १५ गतेको प्रदर्शनमा संलग्न रहेको अभियोगमा अनुसन्धानका लागि पुर्पक्षमा थुनामा पठाइएको थियो।

अदालतले पेशीका क्रममा प्राप्त प्रमाण तथा बहसलाई आधार मान्दै धरौटीमा छोड्ने आदेश दिएको हो। उनीहरूमाथि आरोप लागेको विषयमा अझै अनुसन्धान जारी रहने अदालतले स्पष्ट पारेको छ।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?