Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालय पुग्यो


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पदबाट राजीनामा दिएका छन्। लामाका स्वकीय सचिव छत्र लामाले सोमबार प्रदेश प्रमुखको कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन्।

मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेले ग्रहण गरेका छन्। लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेका देवकोटा काठमाडौँमा उपचारपछि हेटौँडा फर्किएलगत्तै मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुख कार्यालय पुगेको हो।

यसअघि हिजो (आइतबार) मात्र मुख्यमन्त्री लामाले सार्वजनिक रुपमा राजीनामा दिने घोषणा गरेका थिए। उनले व्यक्तिगत कारण र राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पद त्याग गर्ने निर्णय गरेको बताएका थिए।

अब बागमती प्रदेशको नयाँ राजनीतिक समीकरण र नेतृत्वको खोजी प्रक्रिया तीव्र बन्ने संकेत देखिएको छ।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?