Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालय पुग्यो


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पदबाट राजीनामा दिएका छन्। लामाका स्वकीय सचिव छत्र लामाले सोमबार प्रदेश प्रमुखको कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन्।

मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेले ग्रहण गरेका छन्। लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेका देवकोटा काठमाडौँमा उपचारपछि हेटौँडा फर्किएलगत्तै मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुख कार्यालय पुगेको हो।

यसअघि हिजो (आइतबार) मात्र मुख्यमन्त्री लामाले सार्वजनिक रुपमा राजीनामा दिने घोषणा गरेका थिए। उनले व्यक्तिगत कारण र राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पद त्याग गर्ने निर्णय गरेको बताएका थिए।

अब बागमती प्रदेशको नयाँ राजनीतिक समीकरण र नेतृत्वको खोजी प्रक्रिया तीव्र बन्ने संकेत देखिएको छ।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?