Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सभामुख र पाँच दलका प्रमुख सचेतकबीच छलफल जारी


काठमाडौँ । संघीय संसद्को कार्यतालिका निर्माणका लागि सभामुख देवराज घिमिरे र पाँच प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

बिहान ११ बजेदेखि सुरु भएको बैठकमा साउन १५ देखि ३० गतेसम्मको संसदीय क्यालेन्डर तय गर्ने विषयमा गहन छलफल जारी छ ।सभामुखको सचिवालयका अनुसार बैठकमा उपसभामुख इन्दिरा राना र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया पनि सहभागी छन् ।

संसद्‌को प्रभावकारी सञ्चालन र आगामी अधिवेशनको तयारीलाई लक्षित गर्दै प्रमुख सचेतकहरूको सुझाव संकलन गर्ने उद्देश्यसहित यो छलफल आयोजना गरिएको हो ।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?