Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

अब एक पटकका लागि नाम, थर र जन्मदर्ताको त्रुटि सच्याउन सकिने


काठमाडौँ। नाम, थर,उमेर वा अन्य विवरणमा गल्ती हुँदा सरकारी कागजपत्र बनाउँदा ठूलो झन्झट व्यहोर्न बाध्य नेपाली नागरिकका लागि अब एकपटक राहतको ढोका खुलेको छ। राज्यले केही नेपाल ऐन संशोधन गरी व्यक्तिगत घटना विवरण सच्याउन सक्ने कानुनी प्रक्रिया सहज बनाएको छ।

यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा मात्र सच्याउन सकिने व्यवस्था थियो। त्यो पनि २०७६ सालपछि जन्मिएका बच्चाहरूमा मात्रै सीमित हुँदा हजारौं नागरिक विवरण त्रुटिका कारण विभिन्न सेवा–सुविधाबाट वञ्चित थिए। यस्ता त्रुटिले प्रभावित नागरिकको समस्या बुझ्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कानुनी अवरोध हटाउने पहल गरेको थियो। त्यसअनुसार ऐन संशोधनको प्रक्रिया पूरा भइसकेको छ, जसले नागरिकलाई एकपटकका लागि आफ्नो विवरण सच्याउने अवसर उपलब्ध गराउनेछ।

संशोधित प्रावधानअनुसार, “नाम, थर, उमेर वा अन्य विवरणमा गल्ती देखिएमा सम्बन्धित व्यक्तिले स्थानीय पञ्जाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिएर एकपटकका लागि सच्याउन सक्ने” व्यवस्था गरिएको छ।

अब गृह मन्त्रालयले उक्त प्रक्रियाका लागि आवश्यक ढाँचासहितको नियमावली तयार गरेपछि, नागरिकले सोही अनुसार स्थानीय तहमा निवेदन दर्ता गरेर आफ्नो विवरणमा सुधार गर्न सक्नेछन्।

यो व्यवस्था लागू भएपछि धेरै नागरिकले आफ्नो नागरिकता, जन्म प्रमाणपत्र, पासपोर्ट, शैक्षिक प्रमाणपत्र लगायतका कागजातमा नाम र जन्ममिति फरक भएर आउने समस्याबाट छुट्कारा पाउने विश्वास गरिएको छ।


प्रकाशित मिति: १८ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?