Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

अब एक पटकका लागि नाम, थर र जन्मदर्ताको त्रुटि सच्याउन सकिने


काठमाडौँ। नाम, थर,उमेर वा अन्य विवरणमा गल्ती हुँदा सरकारी कागजपत्र बनाउँदा ठूलो झन्झट व्यहोर्न बाध्य नेपाली नागरिकका लागि अब एकपटक राहतको ढोका खुलेको छ। राज्यले केही नेपाल ऐन संशोधन गरी व्यक्तिगत घटना विवरण सच्याउन सक्ने कानुनी प्रक्रिया सहज बनाएको छ।

यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा मात्र सच्याउन सकिने व्यवस्था थियो। त्यो पनि २०७६ सालपछि जन्मिएका बच्चाहरूमा मात्रै सीमित हुँदा हजारौं नागरिक विवरण त्रुटिका कारण विभिन्न सेवा–सुविधाबाट वञ्चित थिए। यस्ता त्रुटिले प्रभावित नागरिकको समस्या बुझ्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कानुनी अवरोध हटाउने पहल गरेको थियो। त्यसअनुसार ऐन संशोधनको प्रक्रिया पूरा भइसकेको छ, जसले नागरिकलाई एकपटकका लागि आफ्नो विवरण सच्याउने अवसर उपलब्ध गराउनेछ।

संशोधित प्रावधानअनुसार, “नाम, थर, उमेर वा अन्य विवरणमा गल्ती देखिएमा सम्बन्धित व्यक्तिले स्थानीय पञ्जाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिएर एकपटकका लागि सच्याउन सक्ने” व्यवस्था गरिएको छ।

अब गृह मन्त्रालयले उक्त प्रक्रियाका लागि आवश्यक ढाँचासहितको नियमावली तयार गरेपछि, नागरिकले सोही अनुसार स्थानीय तहमा निवेदन दर्ता गरेर आफ्नो विवरणमा सुधार गर्न सक्नेछन्।

यो व्यवस्था लागू भएपछि धेरै नागरिकले आफ्नो नागरिकता, जन्म प्रमाणपत्र, पासपोर्ट, शैक्षिक प्रमाणपत्र लगायतका कागजातमा नाम र जन्ममिति फरक भएर आउने समस्याबाट छुट्कारा पाउने विश्वास गरिएको छ।


प्रकाशित मिति: १८ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?