Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

ठूला दल मिलेर पनि जनतासामु उत्तरदायी हुन सकेनन् : शेखर कोइराला


विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशमा लोकतन्त्रको जरो कमजोर हुँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

विराटनगरमा आयोजित एक सम्मान समारोहमा सम्बोधन गर्दै उनले ठुला दुई दल मिलेर बनेको सरकारसमेत पारदर्शी, जवाफदेही र उत्तरदायी बन्न नसकेको तीतो यथार्थ प्रकट गरे।

उनका अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंग आफ्नो भूमिकामा असफल हुँदा लोकतन्त्र जोखिममा परेको छ। यस्ता अवस्थामा जनताले सुशासनको अनुभूति कसरी गर्ने? भन्ने उनको प्रश्न थियो। उनले लोकतन्त्र जोगाउनका लागि फेरि आन्दोलनको विकल्प नदेखिएको धारणा पनि सार्वजनिक गरे।

देशको निर्वाचन प्रणालीले मिलीजुली सरकार बनाउने बाध्यता सृजना गरेकोप्रति उनले औँला ठड्याउँदै यस्तो स्थितिमा पार्टीहरूको मूल सिद्धान्त र व्यवहार त्याग्न नहुनेमा जोड दिए।

सम्मान समारोहमा राजनीतिका क्षेत्रमा हरि सापकोटालाई २१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो भने सामाजिक सेवामा उल्लेखनीय योगदान पु¥याएका अलिम अन्सारीलाई ११ हजार रुपैयाँसहित सम्मान प्रदान गरियो। यस्तै, प्रतिभा क्षेत्रतर्फ डा. प्रमिला गच्छेदारलाई नेता डा. कोइरालाले सम्मानपत्र प्रदान गरे।


प्रकाशित मिति: १८ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?