Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न एलएलडिसी सम्मेलन फलदायी हुने विश्वास


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गर्न लागेका छन्। एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन साउन २० देखि २३ गतेसम्म ‘अवाजा’ सहरमा हुँदैछ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११ः५५ बजे ‘फ्लाई दुबई’को उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तान जाने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका लागि आवश्यक तयारीहरू पूर्ण भइसकेका छन्।

भूपरिवेष्टित राष्ट्रहरूले भोग्नुपरेका भौगोलिक बन्दीपनका कारण अन्तरराष्ट्रिय व्यापार, यातायात सञ्जाल, पूर्वाधार विकास र खाद्य सुरक्षामा आइपर्ने जटिलताहरू यस सम्मेलनको केन्द्रमा रहनेछन्। यी  देशहरूका लागि रणनीतिक साझेदारी र लगानी विस्तार गर्दै दिगो विकासका लक्ष्यहरूमा पुग्ने साझा रणनीति तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

यसअघि सन् २०१४ मा अस्ट्रियाको भियनामा दोस्रो सम्मेलन सम्पन्न भएको थियो, जसमा ‘अल्माटी कार्ययोजना’को समीक्षा गर्दै नयाँ चुनौतीहरूको सामना गर्न नीति निर्माताहरूले साझा दृष्टिकोण तय गरेका थिए। करिब १० वर्षपछि हुन लागेको तेस्रो सम्मेलनले नयाँ अन्तरराष्ट्रिय व्यापारिक परिप्रेक्ष्यमा एलएलडिसी देशहरूलाई समान अवसर दिलाउने अपेक्षा गरिएको छ।

नेपालले पनि यो मञ्चमा भूपरिवेष्टित राष्ट्रहरूको पक्षमा आवाज उठाउने मात्र नभई, आन्तरिक पूर्वाधार विकास र पारवहन सहयोगका विषयमा अन्तरराष्ट्रिय सहकार्य सुनिश्चित गर्ने रणनीति बोकेको छ। प्रधानमन्त्री ओलीको सहभागिता यस अर्थमा नेपालका लागि विशेष महत्व राख्नेछ।


प्रकाशित मिति: १८ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?