Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

दिगो पर्वतीय विकासमा नेपाल र चीनले तत्काल संयुक्त प्रयासबाट काम गर्नुपर्ने:प्रधानमन्त्री ओलि


काठमाडौँ। नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विश्वले बढ्दो जलवायु संकटको सामना गरिरहेको बेला, नेपालले हिमालय, पारिस्थितिक प्रणालीहरूको रक्षा गर्न चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै जानुपर्ने जरुरी देखिएको बताए । प्रधानमन्त्री ओलीले हालै रसुवामा भएको विपद्ले दुवै देशमा ठूलो विनाश निम्त्याएको बताए । पूर्वाधार र कनेक्टिभिटीमा चीनको समर्थनले नेपाललाई यसको भौगोलिक अवरोधहरू पार गर्न मद्दत गरेको बताए । राष्ट्रिय पुनरुत्थानमा चीनको उल्लेखनीय उपलब्धिहरूलाई पनि स्वीकार गरेर अघि बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामीप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताए ।


प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?