Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

दिगो पर्वतीय विकासमा नेपाल र चीनले तत्काल संयुक्त प्रयासबाट काम गर्नुपर्ने:प्रधानमन्त्री ओलि


काठमाडौँ। नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विश्वले बढ्दो जलवायु संकटको सामना गरिरहेको बेला, नेपालले हिमालय, पारिस्थितिक प्रणालीहरूको रक्षा गर्न चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै जानुपर्ने जरुरी देखिएको बताए । प्रधानमन्त्री ओलीले हालै रसुवामा भएको विपद्ले दुवै देशमा ठूलो विनाश निम्त्याएको बताए । पूर्वाधार र कनेक्टिभिटीमा चीनको समर्थनले नेपाललाई यसको भौगोलिक अवरोधहरू पार गर्न मद्दत गरेको बताए । राष्ट्रिय पुनरुत्थानमा चीनको उल्लेखनीय उपलब्धिहरूलाई पनि स्वीकार गरेर अघि बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामीप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताए ।


प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?