Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन सकिन्छः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशी लोकतन्त्र रहेको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको संविधानले महिला, आदिवासी, जनजाति, दलित सबैलाई जोडेको उल्लेख गरे । उनले समावेशी संविधानका बाबजुत कुनैपनि पार्टीको बहुमत नआउने अवस्था रहेको बताए । उनले कुनै न कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने स्थिति संविधानले निर्माण गरेको बताए । तर सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन पनि सकिने बताए ।

सभापति देउवाले भने, ‘यो देशका सबैलाई जोड्ने किसिमको संविधान छ । यसमा महिलाहरु, दलित, जनजाति, आदिवासी सबैलाई प्रतिनिधित्व राखेको छ । हाम्रो देशमा समावेशी लोकतन्त्र भन्दा हुन्छ । यस्तो राम्रो व्यवस्था छ । एउटा समस्या छ । समस्या के हो भने यो संविधानले गर्दा कुनैपनि पार्टीको बहुमत आउँदैन । कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ, कुनै न कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुन्छ । कुनैपनि पार्टीको स्पष्ट बहुमत आउँदैन । तैपनि पार्टी एक भएर अघि बढेको खण्डमा बहुमत आउन पनि सक्दछ । सबै मिलेर हामी हिँड्यौँ भने हाम्रो देश अघि बढ्न सक्छ । समावेशितामा आधारित सबैको देशको रुपमा स्थापित भएको छ ।’

सभापति देउवाले नेपालका थारु समुदायहरु जुनसुकै अफ्ठ्यारो परिस्थितिमा पनि देशप्रति इमान्दारिताका साथ अघि बढेको बताए ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?