Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

दशौं राष्ट्रिय खेलकुद अनुकुल समयमा गर्छौंः खेलकुदमन्त्री चौधरी


काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गत वर्ष नै आयोजना हुनुपर्ने दशौं राष्ट्रिय खेलकुदको गर्नका लागि अब अध्ययन समिति बनाएर अनुकुल समयमा गर्ने बताएका छन् ।

हरेक दुई वर्षको अन्तरमा आयोजना हुनुपर्ने नेपाली खेलकुदको विकासका लागि मेरुदण्ड रहेको राष्ट्रिय खेलकुदको दशौं संस्करण २०८१ साल मंसिरमा नै सम्पन्न हुनुपर्ने थियो । तर मन्त्री चौधरीको ढिला सुस्तीसँगै चासो नदिँदा कर्णाली प्रदेशमा तय दशौं खेलकुद हुन सकेको थिएन । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा वार्षिक कार्य सम्पादनको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री चौधरीले समयमा नै पूर्वाधार निर्माण हुन नसक्दा दशौं राष्ट्रिय खेलकुद गर्न नसकिएको दाबी गर्दै अबको एक अध्ययन समिति बनाएर अनुकुल समयमा आयोजना गर्ने बताएका छन् । सकेसम्म छिटै राष्ट्रिय खेलकुद आयोजना गर्न आफू तयार रहेको दाबी मन्त्री चौधरी छ ।

मन्त्री चौधरीले आफ्नो वार्षिक कार्य सम्पादनको प्रगति विवरणमा अधिकांश विवादका घटना र आगामी दिनमा काम गर्ने योजना मात्र समावेश छन् । उनले सार्वजनिक गरेको विवरणमा अधिकांश विवादका घटना उल्लेख गरे । खेलकुदमन्त्री चौधरीको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को १२२ औं बोर्ड बैठकले सात वटा संघको विघटन गरी तदर्थ कमिटी बनाइएको थियो । त्यसमध्ये पाँच वटा संघको निर्वाचन भएको र एउटाको अदालतमा मुद्दा चलिरहेको मन्त्री चौधरीको भनाइ छ । अदालतको आदेशविपरित निर्वाचन गरेको नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमिति अवैधानिक रहेको र त्यो कमिटीले गैरकानूनी रूपमा नेपालमा काम भइरहेको बताए ।

अब छिटै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) लाई पत्रकार गर्दै नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी गठन गर्ने प्रक्रिया अगाडि बढाइने मन्त्री चौधरीले उल्लेख गरे । २०औं एशियाली खेलकुद र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि तदर्थ कमिटीबाट काम अगाडि बढाउने उनको दाबी छ । उनले एनओसीको एउटा बैंकको खाता रोकिएको र व्यक्तिगत कामभन्दा बाहेक एनओसीको कार्यक्रममा सहभागी हुनबाट रोकेको उल्लेख गरे । मन्त्री चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को कानुन सम्मत रूपमा आयोजना होस् भन्ने मात्र आफ्नो चाहना रहेको र त्यसको आयोजना रोक्न आफूले कुनैपनि गतिविधि नगरेको स्पष्ट पारे ।

एनपिएलमा भ्रष्टचार भएको विषयमा अख्तियारमा उजुरी परेको र त्यस विषयका बारेमा आफूले नेपाल क्रिकेट संघ (क्यान) सँग आवश्यक कागजात माग गरे पनि उपलब्ध नगराएको मन्त्री चौधरीले दाबी गरेका छन् । एनपिएलमा भ्रष्टाचार भएको विषयमा छानबिन समिति गठन गरिएको र त्यो समितिले छिटै प्रतिवेदन पेस गर्ने मन्त्री चौधरीको भनाइ छ । उनले खेलकुद परिषद्ले आन्तरिक रूपमा गर्ने आम्दानीलाई पारदर्शी बनाउन निर्देशन भएको बताए । राष्ट्रिय एन्टी डोपिङ एजेन्सीलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना रहेको मन्त्री चौधरीले उल्लेख गरे ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?