Trending
>>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा अर्को पवित्र उद्देश्य छैनः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा ठूलो लक्ष्य अर्को हुन नसक्ने बताएका छन् ।

शुक्रवार भक्तपुरमा आयोजित वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको बताए । उनले नेपाललाई समृद्ध र जनतालाई सुखी बनाउने लक्ष्य भन्दा पवित्र लक्ष्य अर्को हुन नसक्ने बताए । नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउने भन्दा ठूलो र महान अर्को गन्तव्य हुन नसक्ने उनको भनाइ छ । त्यसका लागि सरकारले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको लक्ष्य राखेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा अघि बढेका छौँ । हामी नेपाललाई समृद्ध बनाउन चाहन्छाँै, आधुनिक बनाउन चाहन्छौँ । विकसित बनाउन चाहन्छौँ । यहाँका जनतालाई सुखी बनाउन चाहन्छौँ । यो भन्दा ठूलो र पवित्र उद्देश्य हुन सक्दैन । यो महानतम उद्देश्य हो । यो भन्दा ठूलो अर्को उद्देश्य हुन सक्दैन । नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउने भन्दा ठूलो र महान अर्को गन्तव्य हुन सक्दैन । जसलाई गन्तव्य बनाएर हामी अघि बढेका छौँ । त्यस गन्तव्य प्राप्त गर्नका लागि हामीले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको गन्तव्य राखेका छौँ । नेपाल निरोगी जनताको, निरोगी पशुपंक्षीहरुको, वनस्पतिहरुको, निरोगी माछा, चरा, चुरुंगी आदि सबैको निरोगी नेपाल हुनुपर्छ । जहाँ कुनै किसिको विषादी खान नपरोस् ।’

प्रधानमन्त्री ओलीले रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नुपर्ने बताए ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?