Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने घोषणा गरेका छन् ।

बिहीवार फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अब छिटै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार क्षमताको रंगशाला बनाउने घोषणा गरेका हुन् । दशरथ रंगशालाको क्षमता १५ हजार रहेको र नेपाली फुटबलप्रेमीहरुका लागि अब साँघुरो हुँदै गएकाले अब ठूलो नयाँ रंगशाला निर्माण कार्यमा सरकार जुटेको बताए । दशरथ रंगशालालाई स्तरोन्नति गर्ने पनि प्रधानमन्त्रीको भनाइ छ । कीर्तिपुरमा क्रिकेट मैदानको स्तरोन्नति कार्य सम्पन्न हुने चरणमा रहेको पनि जानकारी दिए । अब खेल सिक्नको लागि खेल मैदानहरुको कमी नहुने पनि प्रतिवद्धता जनाए । खेलकुद क्षेत्रका पूर्वाधार तयार सरकारले निर्माण गरिरहेको र महिला फुटबलरहरुका लागि अभ्यास गर्ने ठाउँहरुको निर्माण पनि गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी रंगशालाहरु निर्माण गरिरहेका छौँ । अब यो भन्दा दोब्बर दर्शकले हेर्नसक्ने क्षमता भएको रंगशाला निर्माण गर्ने काममा हामी लागेका छौँ । कीर्तिपुरमा क्रिकेट रंगशाला गत वर्ष निर्माण कार्य शुरु गरेका थियौँ । अहिले पूरा हुनै लागेको छ । अबको क्रिकेट खेलको सिजनमा हामी यही रंग्शालबाट खेलकुद अघि बढाउनेछौँ । यो रंगशाला ऐतिहासिक रंगशाला हो । यसलाई मर्मतसम्भार गर्नेगरी अघि बढाइएको छ । धनुषा र झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउँदैछौँ । अब खेल सिक्नको लागि खेल मैदानहरुको कमी हुनेछैन । खेलकुद क्षेत्रका पूर्वाधार तयार गरिरहेका छौँ । महिला फुटबलका लागि अभ्यास गर्ने ठाउँ, रंगशाला हामी तयार गरिरहेका छौँ । अब छिटै नै हामी भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार क्षमताको रंगशाला बनाउँछौँ । यो (दशरथ)रंगशाला भनेको १५ हजार दर्शक अटाउने रंगशाला हो । अब हामी भक्तपुरमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने तयारीमा लागिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित क्रिकेट रंग्शालाको अधिकतम सदुपयोग हुने बताए । भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने घोषणा गरे ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?