Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने घोषणा गरेका छन् ।

बिहीवार फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अब छिटै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार क्षमताको रंगशाला बनाउने घोषणा गरेका हुन् । दशरथ रंगशालाको क्षमता १५ हजार रहेको र नेपाली फुटबलप्रेमीहरुका लागि अब साँघुरो हुँदै गएकाले अब ठूलो नयाँ रंगशाला निर्माण कार्यमा सरकार जुटेको बताए । दशरथ रंगशालालाई स्तरोन्नति गर्ने पनि प्रधानमन्त्रीको भनाइ छ । कीर्तिपुरमा क्रिकेट मैदानको स्तरोन्नति कार्य सम्पन्न हुने चरणमा रहेको पनि जानकारी दिए । अब खेल सिक्नको लागि खेल मैदानहरुको कमी नहुने पनि प्रतिवद्धता जनाए । खेलकुद क्षेत्रका पूर्वाधार तयार सरकारले निर्माण गरिरहेको र महिला फुटबलरहरुका लागि अभ्यास गर्ने ठाउँहरुको निर्माण पनि गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी रंगशालाहरु निर्माण गरिरहेका छौँ । अब यो भन्दा दोब्बर दर्शकले हेर्नसक्ने क्षमता भएको रंगशाला निर्माण गर्ने काममा हामी लागेका छौँ । कीर्तिपुरमा क्रिकेट रंगशाला गत वर्ष निर्माण कार्य शुरु गरेका थियौँ । अहिले पूरा हुनै लागेको छ । अबको क्रिकेट खेलको सिजनमा हामी यही रंग्शालबाट खेलकुद अघि बढाउनेछौँ । यो रंगशाला ऐतिहासिक रंगशाला हो । यसलाई मर्मतसम्भार गर्नेगरी अघि बढाइएको छ । धनुषा र झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउँदैछौँ । अब खेल सिक्नको लागि खेल मैदानहरुको कमी हुनेछैन । खेलकुद क्षेत्रका पूर्वाधार तयार गरिरहेका छौँ । महिला फुटबलका लागि अभ्यास गर्ने ठाउँ, रंगशाला हामी तयार गरिरहेका छौँ । अब छिटै नै हामी भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार क्षमताको रंगशाला बनाउँछौँ । यो (दशरथ)रंगशाला भनेको १५ हजार दर्शक अटाउने रंगशाला हो । अब हामी भक्तपुरमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने तयारीमा लागिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित क्रिकेट रंग्शालाको अधिकतम सदुपयोग हुने बताए । भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने घोषणा गरे ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?