Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

भूमि समस्या समाधान आयोगमा १२ लाख बढी भूमिहीन परिवारको निवेदन


काठमाडौं। भूमि समस्या समाधान आयोगमा १२ लाख बढी भूमिहीनको निवेदन परेको छ ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवारको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै आयोगका अध्यक्ष हरिप्रसाद रिजालले यस्तो जानकारी दिएका हुन् । उनले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको उक्त मात्रामा निवेदन आयोगमा प्रविष्ट भएको स्पष्ट पारे । उनका अनुसार तिमध्ये ८९ हजार १ सय ४४ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी १ लाख ६८ हजार ८ सय ८८ तथा अव्यवस्थित बसोबासी ८ लाख ७५ हजार १ सय ६४ परिवारको निवेदन आयोगमा प्रविष्ट भएको हो । अध्यक्ष रिजालले विभिन्न समयमा विभिन्न आयोगहरु बनेर त्यसमा परेका अन्य ८६ हजार ४ सय परिवारको व्यवस्थापनको जिम्मेवारी आयोगमा आएको बताए ।

उनले भने, ‘हामीलाई अहिलेसम्म प्राप्त तथ्यांकको आधारमा ८९ हजार १ सय ४४ जना भूमिहीन दलित परिवारको निवेदन आएको छ । त्यसैगरी भूमिहिन सुकुम्वासी एक लाख ६८ हजार ८ सय ८८ परिवारको निवेदन परेको छ । अव्यवस्थित बसोवासी ८ लाख ७५ हजार १ सय ६४ परिवारको प्रविष्ट भएका छन् । सबैगर्दा ११ लाख ३३ हजार ९६ परिवारको निवेदन प्रविष्ट भएको छ । विभिन्न समयमा विभिन्न आयोगहरु बनेर त्यसका अधुरा अपुरा संख्याहरु पनि छन् । ८६ हजार चार सय त्यो संख्या छ । त्यो संख्या पनि जोड्दा हामीकहाँ १२ लाख १९ हजार ५ सय ९६ परिवारको व्यवस्थापन गर्ने जिम्मेवारी आएको छ । अब यसको लागि वन ऐनमा पनि परिभाषित गर्नुपर्ने आवश्यकता देखियो । वन भनिएको छ । तर लामो समयदेखि नागरिक त्यहाँ बस्नुभएको छ । वन नभएर त्यहाँ अहिले शहर भइसकेको छ ।’

उनले विधेयक पास भएपनि भूमिहीनलाई जग्गा उपलब्ध गराउन समस्या आउनसक्ने बताए । कुनै दल विषेशको आधारमा नभई सर्वसम्मत रुपमा पास हुनेगरी विधेयकलाई समृद्ध बनाउन उनले आग्रह गरे ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?