Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश होः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश भएको बताएका छन् ।

बिहीवार काठमाडौंमा सातौं राष्ट्रिय खिर खाने दिवसको (साउन १५) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा विभिन्न चाडपर्व, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषा रहेको र नेपाल सांस्कृतिक रुपले पनि धनी रहेको बताए । नेपाल बहुसांस्कृतिक देश भएको बताउँदै नेपालीहरुले खाने खानपान र लगाउने भेषभुषाहरु संस्कृतिसँग मात्रै नभइ विज्ञान, जीवनदर्शनसँग सम्बन्धित रहेको बताए । असार १५ मा बलियो बन्नका लागि खिर खाइने र उर्जाशिल भएर काम गर्ने र साउन १५ मा खेतीपाती सकिसकेपछि स्वस्थ रहन र चिसोमा भिजेको शरीरलाई न्यानो बनाउन खिर खाने परम्परा रहेको बताए ।

मन्त्री पाण्डेले भने, ‘हामी नेपालीहरु विविधतापूर्ण संस्कृति अवलम्वन गर्ने देशवासीको रुपमा हामी छौँ । हाम्रा विभिन्न चाडपर्व छन्, भेषभुषाहरु छन् । बहुभाषी छौँ हामी । सांस्कृतिक दृष्टिकोणले पनि बहुसंस्कृतिले हामी ओतप्रोत छौँ । त्यसले सम्पन्न छौँ । हाम्रा खानपान, भेषभुषाका विशेषताहरु संस्कृति मात्रै नभइ विज्ञान, जीवन दर्शनसँग पनि सम्बन्धित छन् । खिर खाने साउन १५ को चाड पनि त्यही दृष्टिकोणले हामी सबै नेपालीले मनाइरहेका छौँ । नेपाल कृषिप्रदान देश । खेतमा जानुपर्ने, काम गर्नुपर्ने, असार, साउनमा, खेतीपातीमा पानीमा भिज्नुपर्ने विभिन्न कारणले शरीरमा चिसो पस्ने असार १५ को दिन दहि चिउरा खाएर उर्जा उत्पन्न गर्दछौँ । असारभर अझ काम गर्नुपर्छ । लगभग अब खेतीपातीको काम सकियो, चिसोमा धेरै खेल्नुपर्ने समय हो । अब खिर खाएर शरीरमा लागेको चिसोलाई भगाउने गरी शरीरलाई स्वस्थ राख्न गरिएको पर्व हो ।’

मन्त्री पाण्डेले यस्ता पर्वहरुले नेपालको मौलिक पहचान, संस्कृतिलाई प्रवद्र्धन गर्ने र नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्ने बताए ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?