Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

एएफसी यु–२० महिला एशियन कपमा छनोट हुन्छौं : प्रशिक्षक गुरुङ


काठमाडौँ। नेपाली यु–२० महिला टोलीले एएफसी यु–२० महिला एशियन कप क्वालिफिकेसनमा समूहको शिर्ष स्थानमा रहने लक्ष्य राखेको छ ।

एएफसी यु–२० महिला एसियन कप क्वालिफिकेसनमा समूह ‘ए’ को खेल आगामी साउन २१ गतेदेखि भूटानमा शुरु हुँदैछ । एक वर्षअगाडि फिफा यु–२० महिला विश्वकप विजेता उत्तर कोरिया पनि यसै समूह ‘ए’ मा छ । तर नेपाली टोलीका प्रशिक्षक याम गुरुङले विपक्षी टोली बलियो छ भनेर नसोच्ने र आफ्नो खेलअनुरूप खेल्ने विश्वास व्यक्त गरेका छन् । पछिल्लो प्रतियोगितामा भएको गल्ती सुधार गर्दै एसियन कपमा छनोट हुने लक्ष्य रहेको बताएका छन् । उनले साफ यु–२० महिला च्याम्पियनसिपमा डिफेन्समा देखिएको समस्या सुधार गरिएको उल्लेख गर्दै उत्तर कोरियालाई बराबरीमा रोक्दै अन्य अगाडि बढ्ने लक्ष्य रहेको बताएका छन् ।

उत्तर कोरियाविरुद्ध रक्षात्मक बन्दै काउन्टर अट्याकको रणनीतिका साथ खेल्ने प्रशिक्षक गुरुङको विश्वास छ । बंगलादेशमा सम्पन्न साफमा लगातार खेलका कारण खेलाडीहरू थकित देखिएको उल्लेख गर्दै प्रशिक्षक गुरुङले स्वदेश फर्किएपछि उनीहरूलाई ६ दिन आराम गर्ने समय दिएको बताए । डिफेन्स र मिडफिल्डबीच तालमेल अभावलाई सुधार गरिएको उनले बताएका छन् । साथै प्रशिक्षक गुरुङले केही गोल गोलकिपरको गल्तीका कारण बेहोर्नुपरेकाले त्यस पक्षमा काम गरिएको उल्लेख गरे । विपक्षी टोलीलाई विश्वकप च्याम्पियन या एशियन कप च्याम्पियनका रूपमा सोचेर नखेल्ने र टोलीले आफ्नो तयारीअनुरूप सजक भएर खेल्ने प्रशिक्षक गुरुङ बताउँछन् । उनले टोलीमा कुनै पनि खेलाडी चोटमा नहुनु सुखद पक्ष रहेको उल्लेख गरेका छन् ।

यस समूहमा नेपाल र उत्तर कोरियासँगै आयोजक भुटान र साउदी अरेबिया छन् । नेपाली टोलीका कप्तान बिर्सना चौधरीले उच्च आत्मबलका साथ खेल्दै एएफसी एसियन कपमा छनोट भएर आउने विश्वास व्यक्त गरेका छन् । डिफेन्स र मिडफिल्डमा धेरै काम गर्नुपर्ने हुँदा त्यसमा सुधार गरिएको उल्लेख गर्दै कप्तान बिर्सनाले अप्रपंक्तीमा राम्रो गरिरहेको बताइन् । फिल्ड राम्रो खेल्दै टोलीको सुधार देखाउने उनको अपेक्षा छ । बंगलादेशमा भएको हार बिर्सेर अगाडि बढ्ने कप्तान तथा मिडफिल्डर बिर्सना बताउँछिन् ।

प्रशिक्षक गुरुङले साफ खेलेको टोलीबाट एक खेलाडी मात्र परिवर्तन गरेका छन् । झुमा विश्वकर्माको स्थानमा सजिना स्याङ्तानलाई टोलीमा बोलाइएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कार्यक्रमकबीच एन्फाले बुधबार नेपाली टोलीलाई बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई र अनिल मल्ललगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव घिसिङले उच्च आत्मबलका साथ खेल्न आग्रह गरे ।

महासचिव राईले पछिल्ला खराब नतिजा बिर्सेर बिना डर खेल्न आग्रह गर्दै यो टोलीबाट धेरैले आशा राखेको पनि बताए । नेपाली टोली बिहीवार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । साफ यु–२० महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ४–० ले पराजित हुँदा नेपाल उपाधिविमुख भएको थियो । बिर्सना चौधरीको कप्तानीमा रहेको नेपाली टोलीका तीन गोलकिपरमा सुजता तामाङ, लिला जोशी र करुणा बुढाथोकी, डिफेन्डरहरूमा सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिषा राई, सीता रोकाया, मिडफिल्डरमा कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सेनु परियार तथा फरवार्डमा कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर छन् ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?