Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

समयमा नै सही सूचना प्रवाह हुँदा पनि जनधन क्षति हुनुलाई गम्भीर रुपमा लिन आग्रह


काठमाडौँ। विज्ञहरुले नेपालले अवलम्वन गर्ने सबैका लागि पूर्वसूचना प्रणालीलाई बहुप्रकोप जोखिममा केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सरकारले सबैका लागि पूर्वसूचना प्रणाली कार्यक्रम लागू गर्दा सबै प्रकारका विपद् र प्रकोपसँग काम गर्न सक्नेगरी बनाउन सुझाव दिएका हुन् । बुधवार काठमाडौंमा आयोजित कार्यशालामा बोल्दै विज्ञहरुले सम्भावित विपद्बारे समयमा नै सही सूचना प्रवाह हुँदा पनि जनधन क्षति कम हुन नसकेकोबारे सबै गम्भीर हुन आवश्यक रहेको बताए । कार्यशालामा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पानी, बाढी र हावाहुरी जस्ता घटनामा पूर्वसूचना दिन सकिएको बताए ।

नेपाल सरकारले पूर्वसूचना प्रणालीलाइ प्राथमिकताको साथ अगाडी बढाएको पनि बताए । समयमा नै सही सूचना प्रवाह हुँदा पनि जनधन क्षति किन भयो ? पुर्वसूचनाले किन काम गरेन ? भनेर विश्लेषण गर्न आवश्यक रहेको बताए । नेपालमा जलवायुजन्य विपद्का घटनाको संख्या बढ्न थालेपछि विभिन्न विषयमा टोलि नै बनाएर अध्ययन गरिरहेको छ । स्थानीय स्तरमा, प्रदेश स्तरमा र संघमा विभिन्न सरोकारवाला सँगको छलफलमा विपद्लाई बुझ्ने विषयमा धेरै कम मात्र जानकारी रहेको देखाएको छ । कार्यशालामा बोल्दै महानिर्देशक जोशीले पूर्वसूचना प्रणालीलाई बहुप्रकोप जोखिम केन्द्रित गरेर लैजान सक्नुपर्ने बताए । विपद्लाई बुझेर तत्काल कस्तो कदम चाल्ने भन्नेबारे स्पष्ट बुझाइ नहुँदा जोखिमको भार र असर बढेको बताएका छन् । पूर्वसूचनाको विश्लेषण र तथ्यांकको ज्ञानको अभावमा प्रभावकारी काम गर्न नसकिने बताए ।

नेपालमा घटिरहेका धेरै विपद्का घटनाहरुको कारण जलवायु जन्य हो भन्नेबारे सबैले बुझ्न विज्ञहरुले आग्रह गरेका छन् । कार्यशालामा देशभर गरिएको अध्ययन बारे जानकारी दिँदै सबैका लागि पूर्वसूचना प्रणाली, नेपालका संयोजक पपुलर जेन्टल भुषालले देशभर सबै तहमा समन्वयात्मक निकाय भएपनि प्रभावकारी काम नभएको बताए । अध्ययनमा पूर्वसूचना प्राणाली र प्रतिकार्यको लागि पर्याप्त नीति र स्पष्ट कार्यनीतिको अभाव रहेको बताए । विभिन्न काम र उद्देश्यको लागि गाउका वडादेखि केन्द्र सम्म धेरै प्रकारका समन्वयात्मक समिति भएपनि पूर्वसूचना प्रणालीको लागि कसैले काम गर्न नसकेको पाइएको बताए । नेपालमा जलवायुजन्य विपद् बहुसरोकारवाला विषय भएको र यसलाई विपद् प्राधिकरणले सही ढंगले समन्वय गर्न नसकेको पनि अध्ययनले देखाएको बताएका छन् । प्रतिकार्यसँगै समन्वयात्मक काममा धेरै काम गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रमका जलवायु परिवर्तनविज्ञ दीपक केसीले सबैका लागि पूर्वसूचना प्रणालीको सफल कार्यन्वयनमा देखिएका अड्चन र खालीपनलाइ चिर्नसके विपद्को जोखिम घटाउन सकिने बताए । नेपालसँग भएको पूर्वसूचना ज्ञान र उपलब्ध तथ्यांकको एकीकृत गर्ने, विश्लेषण गर्ने सीप र दक्षताको आवश्यकता रहेको बताए ।

सरकारले सबैका लागि पूर्वसूचना प्रणाली कार्यान्वयनका लागि तदारूकताका साथ काम शुरू गरिसकेको छ । काठमाडौंमा जारी कार्यशालले पूर्वसूचना प्रणालीको राष्ट्रिय मार्गचित्रका लागि सरोकारवालाहरूसँग छलफल गरिरहेको छ । प्राकृतिक विपद् र प्रकोपमा जनधनको क्षति कम गर्न पूर्वसूचना प्रणाली प्रमुख माध्यम हो । स्पष्ट रुपमा बनाइएको सबैको लागि पूर्वसूचना नेपाल मौसमजन्य तथा जलजन्य विपद्सँग जुध्दै आएको छ साथै उत्तिकै जनधनको क्षति पनि भइरहेको छ । दुवै प्रकारका विपदमा पूर्वसूचना प्रणालीले मात्र जोखिम घटाउन र थप रणनीति बनाउन सहयोग गर्छ ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?