Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गते देखि


काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ ।

नाइमाले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो । यही साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा हुने ‘मोबिलिटी एक्स्पो २०२५’मा ३५ वटा नयाँ सवारीसाधन सार्वजनिक गरिने भएको जनाएको छ । उक्त एक्सपोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक (कमर्सियल) सवारीसाधन सार्वजनिक गरिने बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नाइमा मोबिलिटी एक्स्पो नेपालकै सबैभन्दा ठूलो र समावेशी अटो प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन । उनले प्रदर्शनी अवधिभर विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरू सहभागी रहने प्यानल डिस्कसन र ज्ञानमूलक सत्रहरू आयोजना गरिने पनि जानकारी दिइन ।

उक्त एक्सपोमा विद्युतीय सवारीसाधन, नयाँ प्रविधि र नवप्रवर्तनमूलक मोबिलिटी समाधानहरू प्रदर्शनीको मुख्य आकर्षण रहने बताइएको छ । एभरेष्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदर्शनीका प्रमुख प्रायोजक रहेका छन् । राइड सेयरिङ पठाओले एक्स्पो गन्तव्य भृकुटीमण्डपमा आउन–जान प्रयोग हुने राइडमा ३० प्रतिशतसम्म छुट दिने भएको छ भने फ्रन्टलाइन अस्पतालले चौबीसै घण्टा एम्बुलेन्स र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध बताइएको छ । एक्स्पोलाई लक्षित गर्दै नाइमाले अनलाइन भिडियो प्रतियोगिता पनि गराउने भएको छ । उक्त प्रतियोगितामा हभागीहरूले नाइमा अटो एक्स्पोसँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न सक्नेछन् । उत्कृष्ट भिडियो बनाउने एक जनालाई १ लाख, र श्रावण २१ देखि २५ सम्म पोस्ट गरिएका १० उत्कृष्ट भिडियो बनाउनेहरूलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?