Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भारतको उत्तराखण्डमा भागदौड हुँदा ६ जनाको मृत्यु, २९ घाइते


एजेन्सी। उत्तरी भारतको उत्तराखण्ड राज्यको एक हिन्दु मन्दिरमा आईतवार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ । साथै २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उत्तराखण्डको राजधानी देहरादुनबाट करिव ५३ किलोमिटर दक्षिणमा रहेको हरिद्वार जिल्लाको मनसा देवी मन्दिरमा भागदौड मच्चिएको थियो । मन्दिरको बाटोबाट १०० मिटर तल सिँढीमा रहेका एक भक्तलाई बिजुलीको झट्का लागेको हल्लाले अरूलाई आतंकित बनाएको थियो । जसले गर्दा घटनास्थलमा भागदौड मच्चियो ।

हरिद्वार हिन्दू भक्तहरूको लागि प्रमुख तीर्थस्थलहरू मध्ये एक हो । प्रहरीले भागदौड हुनुभन्दा पहिले मन्दिरमा ठूलो भीड जम्मा भएको बताएको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?