Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मुलुकको आर्थिक प्रणाली पारदर्शी र जवाफदेही नभएसम्म लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्दैनः सांसद भट्टराई


काठमाडौँ। नेकपा (एमाले)का सांसद योगेश भट्टराईले मुलुकको आर्थिक प्रणाली पारदर्शी र जवाफदेही नभएसम्म लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन नसक्ने टिप्पणी गरेका छन् ।

आईतवार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले मुुलुकको लेखा प्रणाली बलियनो नभएसम्म लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन नसकिने बताएका हुन् । उनले सानो अर्थतन्त्र भएको नेपालजस्तो मुलुकमा यति धेरै बेरुजु आउनु सामान्य कुरा नभएको बताए । मुलकमा सुशासनको अभाव, आर्थिक पारदर्शीता नहुनु तथा कर्मचारीको कमजोर कार्यक्षमताका कारण बेरुजु बढ्दै गइरहेको बताए ।

उनले भने, ‘हाम्रो जस्तो सानो आकारको बजेट भएको मुलुकमा यति ठुलो बेरुजुको अंकलाई सामान्य ढंगले लिनु हुँदैन । हाम्रो देशमा आर्थिक परिचालनको पारदर्शिता देखिँदैन । त्यसलाई कसरी पारदर्शी बनाउने, जवाफदेही बनाउने ? यो महत्वपूर्ण कुरा छ । यस सन्दर्भमा मलाई के लाग्छ भने बेरुजु यति धेरै देखिनु हाम्रो आर्थिक प्रणाली पारदर्शी नहुनु, जवाफदेही नहुनु हो । यसले के देखाउँछ त भन्दा समग्रतामा हाम्रो सुशासन चाँही कमजोर छ । हामीले जसजसलाई जिम्मेवारी तोकेका छौं । ती व्यक्तिहरुको कार्यक्षमता कमजोर छ । बाहिर बोल्न मात्रै जान्ने अथवा कर्मचारी खटाउन मात्रै जान्ने कुराले आफ्नो मातहतको लेखा प्रणालीलाई ठिक ढंगले राख्छ कि राख्दैन भन्ने हो । आर्थिक पारदर्शीता र सुशासन कमजोर देखिन्छ । हामी अहिले लोकतान्त्रिक शासन व्यवस्थामा छौं । यदि हाम्रो आर्थिक प्रणाली नै बलियो छैन भने हाम्रो लोकतान्त्रिक शासन व्यवस्था कसरी बलियो हुन्छ ? त्यसकारण लोकतान्त्रिक राज्य प्रणालीलाई बलियो बनाउने हो भने हाम्रो लेखा प्रणालीलाई बलियो बनाउन आवश्यक छ ।’

सांसद भट्टराईले वर्तमान लेखा प्रणालीमा देखिएको कमजोरीले लोकतान्त्रिक शासन प्रणाली नै संकटमा पर्न सक्नेतर्फ सबै सचेत हुन जरुरी रहेको बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?