Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

राजनीतिक स्थिरताका लागि एमाले—काँग्रेस सहकार्यः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले एमाले—काँग्रेस सहकार्य राजनीतिक स्थिरताका लागि भएको बताएका छन् ।

आईतवार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस र एमाले पार्टीको सहकार्य र प्रतिष्पर्धा काम गर्नका लागि नै भएको बताए । अहिलेकै गठबन्धनलाई ०८४ सम्म लैजाने र ०८४ को निर्वाचनमा दुई वटा दल स्वस्थ प्रतिष्पर्धा गर्ने अठोटका साथ अहिलेको गठबन्धन अघि बढिरहेको बताए । दुई पार्टीबीचको प्रतिष्पर्धा काँग्रेसबाट सरकारमा गएका वा एमालेबाट सरकारमा गएका कुन मन्त्रीले राम्रो गरे भन्ने रहेको बताए ।

उनले भने, ‘म पार्टीको फोरममा र प्रधानमन्त्रीज्यु भएको फोरममा पनि भन्ने गर्दछु । दुई वटा पार्टी नेपाली काँग्रेस र नेकपा एमाले पार्टी सहकार्य र प्रतिष्पर्धा दुवै गर्नका निम्ति तत्परताका साथ एक ठाउँमा उभिएका छाँै । हामी सहकार्य ०८४ सम्म यही गठबन्धनलाई लिएर जानेकुराका लागि सहकार्य गर्दछौँ । ०८४ को निर्वाचनमा दुई वटा दल स्वस्थ प्रतिष्पर्धा गर्ने प्रयोजनका निम्ति हामीले यो अठोटका साथ अघि बढेका छौँ । ०८४ सम्म पुग्दा हाम्रो प्रतिष्पर्धा कसले बढी राम्रो गयो भन्ने हो । काँग्रेसबाट गएका मन्त्रीहरुले राम्रो गरे की, एमालेबाट गरेका मन्त्रीहरुले राम्रो गरे भन्ने हो । काँग्रेसबाट बन्ने प्रधानमन्त्रीले राम्रो गर्नुहुन्छ की अहिले नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीले राम्रो गर्नुहुन्छ । ०८४ सम्मको सहकार्य राजनीतिक स्थिरताका लागि हो ।’

मन्त्री पाण्डेले साहित्यमा विपी कोईरालाको योगदान अविष्मरणीय रहेको बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?