Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

एपस्टाइनसँगको सम्बन्ध ट्रम्पद्वारा पुनः अस्वीकार


अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिवंगत अमेरिकी फाइनान्सर जेफ्री एपस्टाइनसँग आफ्नो कुनैपनि सम्बन्ध नरहेको बताउंदै उनले डेमोक्र्याटहरूले यसलाई नक्कली प्रचार गरिरहेको आरोप लगाएका छन् ।

ट्रम्पले स्कटल्याण्ड प्रस्थान गर्नुअघि ह्वाइट हाउसमा पत्रकारहरूलाई आफ्नो उक्त व्यक्तिसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । २००३ मा एपस्टाइनले आफ्नो ५० औं जन्मदिनको लागि प्राप्त गरेका हस्तलिखित पत्रहरूमध्ये डोनाल्ड ट्रम्पको हस्ताक्षर भएको पत्र थियो । अमेरिकी राजनीतिक तथा व्यावसायिक अभिजात वर्गसँग व्यापक सम्बन्ध राख्ने एपस्टाइनलाई यौन अपराधको आरोपमा पक्राउ गरिएको थियो । अगस्ट २०१९ मा जेलमै उनको मृत्यु भयो ।

२०२४ को आफ्नो राष्ट्रपति अभियानको क्रममा ट्रम्पले पुनः निर्वाचित भएमा एपस्टाइनसँग सम्बन्धित कागजातहरू जारी गर्ने वाचा गरेका थिए ।


प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?