Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आज संविधान सबैका लागि स्वीकार्य भएको र संशोधन आवश्यकताअनुसार गर्नुपर्ने बताए । राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्ने कुराहरुका बारेमा छलफल भइरहेको बताए । नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि तल व्यवहारतः सबै पार्टीहरुले डेमोक्रेटिक सोसलिस्ट पार्टीको रुमपा काम गरिरहेको बताए ।

सभापति देउवाले भने, ‘आज संविधान सबैका लागि स्वीकार्य भएको छ । केही कुराहरु संविधान संशोधन गर्नुपर्छ भन्ने आवाज उठेका छन् । स्वभाविक कुरा हो । आवश्यकताअनुसार संविधानको संशोधन हुन्छ नै । कतिपय कुरामा अहिले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्छ भन्ने धारणा ओलीजीको छ । त्यो हाम्रो पनि कुरा हो । नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि तल व्यवहारतः सबै पार्टीहरु डेमोक्रेटिक सोसलिस्ट पार्टीको रुमपा काम गरिरहेका छन् । काममा डेमोक्रेटिक सोसलिस्ट भइसकेपछि आफ्नो पार्टीमा कतिपय कुरा ढाल्न गाह्रो होला उहाँहरुलाई तर विस्तारै विस्तारै ढालिसकेका छन् । कम्युनिष्ट सिद्धान्तबाट डेमोक्रेटिक सिद्धान्तमा ढालिसकेका छन् । त्यसैले नेपाल सानो देश भएपनि सबै पार्टीहरुको देश भएको छ । हामी अझै पनि ग्रासरुटमा बलियो भइसकेका छैनौँ । अहिलेको संविधान अत्यन्तै राम्रो छ । समावेशी छ । तर कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । बहुमतका लागि कुनै न कुनै पार्टीसँग मिल्नुपर्नेछ । एक्लै हाँक्छु भनेर पनि नमिल्ने, लचिलोपन ल्याउनुपर्ने, कम्परमाइज गर्नुपर्ने आवश्यकता छ ।’

सभापति देउवाले काँग्रेस प्रजातान्त्रिक पार्टी भएपनि अझै तल्लो स्तरमा पुग्न नसकेको स्वीकार गरे । उनले अहिलेको संविधान राम्रो भएपनि कोहीसँग नमिली र लचिलोपन नदेखाइ बहुमत ल्याउन गाह्रो रहेको बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?