Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले नेपाललाई दक्षिण एसियामा नेत्र उपचारको केन्द्रको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा तिलगङ्गा विश्वविद्यालय सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै मन्त्री पन्तले यस्तो बताएका हुन् । नेपाललाई दक्षिण एसियाको आँखा उपचार केन्द्रको रुपमा विकास गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नेपालमा हुने आँखा उपचार अन्य देशहरुभन्दा छरितो, सरल, सहज र विश्वसनीय मात्र नभई लागतको दृष्टिले पनि निकै सस्तो रहेको बताए ।

उनले भने ‘नेपाल अहिले दक्षिण एसियामा नेत्र उपचारको केन्द्रको रुपमा स्थापित हुन खोजिरहेको छ । त्यो सम्भावना निकै देखिएको छ । र त्यो सम्भावनालाई यो विश्वविद्यालयको स्थापनाले महत्वपूर्ण योगदान पु¥याउनेछ । नेपालको आँखा उपचार विश्वसनीय, छरितो, सरल र सहज र सस्तो पनि छ । बाहिरका देशहरुको आधाभन्दा कम खर्चमा नेपालमा आँखा उपचार भइरहेको छ । त्यसले गर्दा नेपालको आँखा उपचारको ठूलो सम्भावना छ । त्यसलाई यस विधेयकले सत्य सावित गर्नेछ ।’

नेपालको आँखा उपचार क्षमतालाई थप सुदृढ गर्दै नेपाललाई क्षेत्रीय नेत्र उपचार तथा अनुसन्धानको हब बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?