Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेपाल पर्वतारोहण संघको आगामी नेतृत्वका लागि कुल गुरुङले गरे उम्मेद्वारी घोषणा


काठमाडौँ। नेपाल पर्वतारोहण संघ २०२५ को आगामी नेतृत्वका लागि कुल गुरुङले उम्मेद्वारी घोषणा गरेका छन् ।

आज राजधानीमा एक भेलामार्फत नेपाल लोकतान्त्रि पर्यटन व्यवसायी संघको तर्फबाट गुरुङले उम्मेद्वारी घोषणा गरेका हुन् । पर्वतारोहण संघको निर्वाचन आगामी भाद्र ७ गते संघको नेतृत्वका लागि प्रज्ञा प्रतिष्ठानमा निर्वाचन हुँदैछ । उम्मेद्वारी घोषणा गर्दै गुरुङ आफूले पूर्वाग्राही नराखि नेतृत्व गर्ने संकल्प गरे । अहिले राजनीतिले आफूलाई पनि दिक्क पारेको र संस्थाको नेतृत्वमा गइसकेपछि निष्पक्ष रुपमा काम गर्ने उनले बताए ।

अध्यक्षका प्रत्यासि गुरुङले भने–‘चुनाव एउटा प्रक्रिया हो । नेतृत्वमा पुगेपछि म धेरै बोल्ने छैन्, एक्शनमा जानेछु । यो कुरालाई म विशेष ध्यान पुर्याउनेछु । आगामी तीन वर्ष सबैलाई उत्साहित पार्नेगरी काम गर्नेछु । पूर्वाग्राही राख्दिन । राजनीतिले हामीलाई पनि इरिटेड पारेको छ । निष्पक्ष भएर काम गर्नेछु ।’

संघले गुरुङलाई र्निविरोध बनाउनका लागि अन्य संघ संस्थाहरुसँग छलफल गर्न ५ सदस्यीय वार्ता समिति पनि बनाएको छ । रमेश धमालाको संयोजगत्वमा डा. रामशरण थपलिया, कर्म शेर्पा,खुम सुवेदी, निलहरी बाँस्तोला सदस्य रहेका छन् । उनीहरुले गुरुङको नेतृत्वलाई सर्वसम्मत बनाउन वार्ता गर्नेछन् ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?