Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिने बताएका छन् ।

बिहीवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा बिहीवार नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको छलफल भएको हो । छलफलका क्रममा उनले जनशक्ति उत्पादन र प्रशिक्षण गरेर मात्रै हवाई सेवा प्रभावकारी बनाउन सकिने बताए । उनले प्रशिक्षण गरेर जनशक्ति उत्पादन गर्दा नेपालकै जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताए । जनशक्तिमा परनिर्भर हुनुपर्ने बाध्यता अब हटाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘जनशक्ति उत्पादन र प्रशिक्षण गरी बल्ल हवाई सेवालाई प्रभावकारी भन्दा राम्रो हुन्छ । प्रशिक्षण गरेर जनशक्ति उत्पादन गर्ने हो । तर यसमा आफ्नो देशको जनशक्ति उत्पादन होस् । यो कुरा प्रश्तावनामा नै केन्द्रित होस् । समग्र विधेयकमा यो कुरा आओस् । हामी जनशक्ति उत्पादनमा परनिर्भर हुने विषयवस्तु छ । आफ्नो जनशक्ति बनाउनुपर्छ ।’

प्रमुख सचेतक पाण्डेले मन्त्रीकै नेतृत्वमा हवाई सेवा प्राधिकरण बन्दा थप व्यवस्थित र प्रभावकारी हुने प्रश्ताव राखे ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?