Trending
>>   आज मिति २०८१ साल चैत्र ३१ गते आइतबार ,हेर्नुहोस् आजको राशिफल >>   शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरुको अडान >>   १७ हजारको हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैनः अध्यक्ष दाहाल >>   जीवन भोगाइ र अनुभवको लिखित सङ्गालो नै पुस्तक होः पूर्वप्रधानन्यायाधीश कार्की >>   काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैनः स्वास्थ्यमन्त्री पौडेल >>   इजिप्टले इन्धनको मूल्य १५ प्रतिशतले बढायो >>   गलत सूचनाका कारण योगी आदित्यनाथ दिल्लीस्थित नेपाली दुतावास जानुभएको भने, त्यसको खण्डन गर्छुः देउवा >>   संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छः शेखर कोईराला >>   आज मिति २०८१ साल चैत्र ३० गते शनिबार ,हेर्नुहोस् आजको राशिफल >>   मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा
Logo
१ बैशाख २०८२, आईतवार
१ बैशाख २०८२, आईतवार

छाडा चौपाया व्यवस्थापन गर्न सहकार्य


छाडा चौपाया व्यवस्थापन गर्नका लागि कञ्चनपुरका दुई पालिकाले सहकार्य गर्ने भएका छन् । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाबीच सोमबार सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको हो । दुवै पालिकाको सीमा जोडिएका कृष्णपुर नगरपालिका वडा नं ३ र लालझाडी गाउँपालिका वडा नं ५ मा छाडा पशु व्यवस्थापनको कार्य संयुक्तरूपमा गर्नेबारे छलफल भएको छ ।

छलफलमा दुवै पालिकाका प्रमुखले छाडा चौपाया व्यवस्थापनका लागि संयुक्तरूपमा खर्च व्यहोर्ने प्रतिबद्धता गरेका छन् । छाडा चौपायासँगै अन्य विकाससँग सम्बन्धित विषयमा सहकार्य गरेर अगाडि बढ्ने छलफलको निष्कर्ष रहेको लालझाडीका अध्यक्ष रानाले बताउनुभयो । “दुवै पालिकामा छाडा चौपायाको समस्या रहेको छ”, उहाँले भन्नुभयो, “कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भनेर छलफल गरेका हौँ, दुवै पालिकाले खर्च व्यहोर्ने गरी छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढाउँछौँ ।” कृष्णपुरले वडा–वडामा अस्थायीरूपमा छाडा चौपाया व्यवस्थापन गरेको छ । छलफल कार्यक्रममा कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारी, सूचना अधिकारी प्रेम बोगटी, लालझाडी –५ का अध्यक्ष पहलबहादुर थापाको सहभागिता रहेको थियो ।

कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाले मात्रै स्थायीरूपमा व्यवस्थित गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गरेको छ । बेदकोट नगरपालिकाले कार्यालय नजिकै खुला आकाशमा छाडा चौपायालाई अस्थायीरूपमा राखेको छ । भीमदत्त नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि कार्यदल गठन गरी जग्गा खोजीकार्य अगाडि बढाएको छ ।


प्रकाशित मिति: २६ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?