Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

छाडा चौपाया व्यवस्थापन गर्न सहकार्य


छाडा चौपाया व्यवस्थापन गर्नका लागि कञ्चनपुरका दुई पालिकाले सहकार्य गर्ने भएका छन् । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाबीच सोमबार सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको हो । दुवै पालिकाको सीमा जोडिएका कृष्णपुर नगरपालिका वडा नं ३ र लालझाडी गाउँपालिका वडा नं ५ मा छाडा पशु व्यवस्थापनको कार्य संयुक्तरूपमा गर्नेबारे छलफल भएको छ ।

छलफलमा दुवै पालिकाका प्रमुखले छाडा चौपाया व्यवस्थापनका लागि संयुक्तरूपमा खर्च व्यहोर्ने प्रतिबद्धता गरेका छन् । छाडा चौपायासँगै अन्य विकाससँग सम्बन्धित विषयमा सहकार्य गरेर अगाडि बढ्ने छलफलको निष्कर्ष रहेको लालझाडीका अध्यक्ष रानाले बताउनुभयो । “दुवै पालिकामा छाडा चौपायाको समस्या रहेको छ”, उहाँले भन्नुभयो, “कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भनेर छलफल गरेका हौँ, दुवै पालिकाले खर्च व्यहोर्ने गरी छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढाउँछौँ ।” कृष्णपुरले वडा–वडामा अस्थायीरूपमा छाडा चौपाया व्यवस्थापन गरेको छ । छलफल कार्यक्रममा कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारी, सूचना अधिकारी प्रेम बोगटी, लालझाडी –५ का अध्यक्ष पहलबहादुर थापाको सहभागिता रहेको थियो ।

कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाले मात्रै स्थायीरूपमा व्यवस्थित गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गरेको छ । बेदकोट नगरपालिकाले कार्यालय नजिकै खुला आकाशमा छाडा चौपायालाई अस्थायीरूपमा राखेको छ । भीमदत्त नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि कार्यदल गठन गरी जग्गा खोजीकार्य अगाडि बढाएको छ ।


प्रकाशित मिति: २६ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?