Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

खेलाडीमा धेरै थकान हुँदा प्रदर्शन राम्रो भएनः प्रशिक्षक याम गुरुङ


काठमाडौँ। नेपाली यु–२० महिला टोलीका प्रशिक्षक याम गुरुङले सेट पिसमा गोल गर्ने योजना सफल नहुँदा र खेलाडीमा धेरै थकानले गर्दा साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्न असफल भएको बताएका छन् ।

बंगलादेशमा मंगलवार सम्पन्न यु–२० महिला च्याम्पियनसिपमा यसपल्ट पनि उपविजेतामै सीमित भएको नेपाली टोली टोली बुधवार स्वदेश फर्किएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक गुरुङले अन्तिम खेलमा जित्नैपर्ने दबाब र पाँच वटा खेल २४ घण्टाको अन्तरमा खेल्नुपर्दा खेलाडीमा थकान रहेकाले सोचेअनुरूप प्रदर्शन हुन नसकेको बताए । धेरै राम्रो रहेको बंगलादेशको टोलीविरुद्ध खेल्दा आफ्ना खेलाडीले राम्रो आराम गर्न नपाउनुले समस्या भएको प्रशिक्षक गुरुङको भनाइ छ । विपक्षी आफुहरू भन्दा बिल्डअपमा धेरै राम्रो रहेकाले सेट सिपमा ध्यान दिएर खेले पनि त्यसमा सफल नभएको प्रशिक्षक गुरुङ बताउँछन् ।

निर्णायक खेलमा घरेलु टोली बंगलादेशसँग ४–० ले सहजै पराजित हुँदा नेपाली टोली चार राष्ट्र रहेको च्याम्पियनसिपमा उपविजेतामा नै सीमित भएको थियो । प्रशिक्षक गुरुङले विपक्षी टोलीसँग सातजना राष्ट्रिय टोलीको सदस्य रहँदा उनीहरू त्यसको सदुपयोग गरेको पनि उल्लेख गरे । बंगलादेशको अनुभवी खेलाडी, होम ग्राउन्ड र आफ्ना खेलाडी थकित हुँदा अन्तिम खेलको नतिजामा धेरै फरक परेको उनको बुझाइ छ । उनले ट्याक्टिल समस्याभन्दा पनि थकान हुँदा मसल टाइट भएपछि राम्रोसँग खेल्न नसकेको दाबी गरे । उपाधिविहीन भए पनि ठूलो दर्शकका माझ कसरी खेल्ने भन्नेबारे खेलाडीले सिकेको प्रशिक्षक गुरुङले बताएका छन् ।

उनले पूर्णिमा राई, मीना देउवा, बिर्सना चौधरी, सुक्रिया मिया, सेनु परियार र सिमरन राई जस्ता खेलाडी छिट्टै राष्ट्रिय टोलीमा आउन सक्ने आशा व्यक्त गरेका छन् । यद्यपि, पूर्णिमाले पहिलो तीन खेलजस्तो अन्य खेलमा प्रदर्शन गर्न नसकेको पनि उल्लेख गरेका छन् । बंगलादेशसँगको पहिलो खेलमा बराबरी हुने खेल गुमाउने परेको उल्लेख गरे । राम्रोसँग आराम गर्न नपाउँदा खेलाडीहरू थकित भएकाले सोचेअनुरूप नतिजा आउन नसकेको उनी बताउँछन् । त्यहाँको मौसम र खानपानले गर्दा पनि खेलाडीहरूको लागि सहज नभएको प्रशिक्षक गुरुङले उल्लेख गरेका छन् ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?