Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

खेलाडीमा धेरै थकान हुँदा प्रदर्शन राम्रो भएनः प्रशिक्षक याम गुरुङ


काठमाडौँ। नेपाली यु–२० महिला टोलीका प्रशिक्षक याम गुरुङले सेट पिसमा गोल गर्ने योजना सफल नहुँदा र खेलाडीमा धेरै थकानले गर्दा साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्न असफल भएको बताएका छन् ।

बंगलादेशमा मंगलवार सम्पन्न यु–२० महिला च्याम्पियनसिपमा यसपल्ट पनि उपविजेतामै सीमित भएको नेपाली टोली टोली बुधवार स्वदेश फर्किएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक गुरुङले अन्तिम खेलमा जित्नैपर्ने दबाब र पाँच वटा खेल २४ घण्टाको अन्तरमा खेल्नुपर्दा खेलाडीमा थकान रहेकाले सोचेअनुरूप प्रदर्शन हुन नसकेको बताए । धेरै राम्रो रहेको बंगलादेशको टोलीविरुद्ध खेल्दा आफ्ना खेलाडीले राम्रो आराम गर्न नपाउनुले समस्या भएको प्रशिक्षक गुरुङको भनाइ छ । विपक्षी आफुहरू भन्दा बिल्डअपमा धेरै राम्रो रहेकाले सेट सिपमा ध्यान दिएर खेले पनि त्यसमा सफल नभएको प्रशिक्षक गुरुङ बताउँछन् ।

निर्णायक खेलमा घरेलु टोली बंगलादेशसँग ४–० ले सहजै पराजित हुँदा नेपाली टोली चार राष्ट्र रहेको च्याम्पियनसिपमा उपविजेतामा नै सीमित भएको थियो । प्रशिक्षक गुरुङले विपक्षी टोलीसँग सातजना राष्ट्रिय टोलीको सदस्य रहँदा उनीहरू त्यसको सदुपयोग गरेको पनि उल्लेख गरे । बंगलादेशको अनुभवी खेलाडी, होम ग्राउन्ड र आफ्ना खेलाडी थकित हुँदा अन्तिम खेलको नतिजामा धेरै फरक परेको उनको बुझाइ छ । उनले ट्याक्टिल समस्याभन्दा पनि थकान हुँदा मसल टाइट भएपछि राम्रोसँग खेल्न नसकेको दाबी गरे । उपाधिविहीन भए पनि ठूलो दर्शकका माझ कसरी खेल्ने भन्नेबारे खेलाडीले सिकेको प्रशिक्षक गुरुङले बताएका छन् ।

उनले पूर्णिमा राई, मीना देउवा, बिर्सना चौधरी, सुक्रिया मिया, सेनु परियार र सिमरन राई जस्ता खेलाडी छिट्टै राष्ट्रिय टोलीमा आउन सक्ने आशा व्यक्त गरेका छन् । यद्यपि, पूर्णिमाले पहिलो तीन खेलजस्तो अन्य खेलमा प्रदर्शन गर्न नसकेको पनि उल्लेख गरेका छन् । बंगलादेशसँगको पहिलो खेलमा बराबरी हुने खेल गुमाउने परेको उल्लेख गरे । राम्रोसँग आराम गर्न नपाउँदा खेलाडीहरू थकित भएकाले सोचेअनुरूप नतिजा आउन नसकेको उनी बताउँछन् । त्यहाँको मौसम र खानपानले गर्दा पनि खेलाडीहरूको लागि सहज नभएको प्रशिक्षक गुरुङले उल्लेख गरेका छन् ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?