Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

तीन गोल खाँदा पनि फर्कने आत्मविश्वास थियोः मिना देउवा


काठमाडौँ। यु–२० महिला च्याम्पियनसिपमा स्ट्राइकर मिना देउवाले ६ खेलमा सात गोल गरेकी थिइन् । नेपाली यु–२० महिला टोलीकी महत्वपूर्ण सदस्य मीनाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएपनि बिना डर र दबाब खेल्ने प्रयास गरेको बताइन् ।

आफूले सोचेअनुरूप खेल्न सकेकोमा खुशी रहेको उनको भनाइ छ । अन्तिम खेलबाहेक सबै खेलमा राम्रो प्रदर्शन गरेको उनले स्वीकार गरिन् । पहिलो खेलमा अन्तिम समय गोल व्यहोर्दा हार व्यहोर्नु पर्दा धेरै दुःख लागेको उनले उल्लेख गरिन् । यसपल्ट जितेर नै जान्छौं भन्ने लक्ष्यसहित खेले पनि नतिजा फरक आएको मीनाले बताइन् ।

तीन गोल खादासम्म फर्कन्छौं भन्ने आत्मविश्वास रहेको स्ट्राइकर मीनाले उल्लेख गरेकी छन् । आफ्नो गोलकिपर र डिफेन्सबीच तालमेल पनि नमिल्दा खेलमा थप समस्या भएको उनी बताउँछिन् । बंगलादेशको क्विक फरवार्ड लाइन र आफ्नो डिफेन्स लाइनमा समस्या हुँदा खेलमा अफ्ठयारो भएको उनले बताइन् । प्रशिक्षकहरूको योजनाअनुरूप मैदानमा प्रदर्शन गर्न सके सिनियर टोलीमा स्थान बनाउने सकिने मीनाको विश्वास छ ।

नेपाली टोलीकी कप्तान बिर्सना चौधरीले सकेसम्म राम्रो खेल्ने लक्ष्य भए पनि सफल नभएको बताइन् । डिफेन्स लाइनमा समस्या हुँदा खेलमा असर परेको उनले बताइन् । मिडफिल्ड र डिफेन्सबीच पनि तालमेला नमिलेको उनी बताउँछिन् । नेपालकी पूर्णिमा राईले उक्त प्रतियोगितामा १० गोल गर्दै गोल्डेन बुट पाइन् । पूर्णिमाले यो संख्यामा गोल गर्छु भन्ने नरहे पनि स्ट्राइकरको भूमिकाअनुरूप काम गर्न सकेकोमा खुशी लागेको बताइन् । तर अन्तिम खेलमा गोल गर्न नसक्दा आफूलाई धेरै दुःख लागेको उनी बताउँछिन् ।

बंगलादेशले लामो समयदेखि तयारी गर्दा टिम सेट भएको र आफूहरूले एक महिनाको मात्र तयारी गरेकाले खेलमा प्रभाव देखिएको उनको भनाइ छ । आफ्नो टोलीले पनि राम्रो अनुभव पाए बंगलादेशजस्तो प्रदर्शन सम्भव रहेको उनी बताउँछिन् । लगातार मेहनत गरे राष्ट्रिय टोलीसम्म पुग्नसक्ने उनको विश्वास छ ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?