Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

तीन गोल खाँदा पनि फर्कने आत्मविश्वास थियोः मिना देउवा


काठमाडौँ। यु–२० महिला च्याम्पियनसिपमा स्ट्राइकर मिना देउवाले ६ खेलमा सात गोल गरेकी थिइन् । नेपाली यु–२० महिला टोलीकी महत्वपूर्ण सदस्य मीनाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएपनि बिना डर र दबाब खेल्ने प्रयास गरेको बताइन् ।

आफूले सोचेअनुरूप खेल्न सकेकोमा खुशी रहेको उनको भनाइ छ । अन्तिम खेलबाहेक सबै खेलमा राम्रो प्रदर्शन गरेको उनले स्वीकार गरिन् । पहिलो खेलमा अन्तिम समय गोल व्यहोर्दा हार व्यहोर्नु पर्दा धेरै दुःख लागेको उनले उल्लेख गरिन् । यसपल्ट जितेर नै जान्छौं भन्ने लक्ष्यसहित खेले पनि नतिजा फरक आएको मीनाले बताइन् ।

तीन गोल खादासम्म फर्कन्छौं भन्ने आत्मविश्वास रहेको स्ट्राइकर मीनाले उल्लेख गरेकी छन् । आफ्नो गोलकिपर र डिफेन्सबीच तालमेल पनि नमिल्दा खेलमा थप समस्या भएको उनी बताउँछिन् । बंगलादेशको क्विक फरवार्ड लाइन र आफ्नो डिफेन्स लाइनमा समस्या हुँदा खेलमा अफ्ठयारो भएको उनले बताइन् । प्रशिक्षकहरूको योजनाअनुरूप मैदानमा प्रदर्शन गर्न सके सिनियर टोलीमा स्थान बनाउने सकिने मीनाको विश्वास छ ।

नेपाली टोलीकी कप्तान बिर्सना चौधरीले सकेसम्म राम्रो खेल्ने लक्ष्य भए पनि सफल नभएको बताइन् । डिफेन्स लाइनमा समस्या हुँदा खेलमा असर परेको उनले बताइन् । मिडफिल्ड र डिफेन्सबीच पनि तालमेला नमिलेको उनी बताउँछिन् । नेपालकी पूर्णिमा राईले उक्त प्रतियोगितामा १० गोल गर्दै गोल्डेन बुट पाइन् । पूर्णिमाले यो संख्यामा गोल गर्छु भन्ने नरहे पनि स्ट्राइकरको भूमिकाअनुरूप काम गर्न सकेकोमा खुशी लागेको बताइन् । तर अन्तिम खेलमा गोल गर्न नसक्दा आफूलाई धेरै दुःख लागेको उनी बताउँछिन् ।

बंगलादेशले लामो समयदेखि तयारी गर्दा टिम सेट भएको र आफूहरूले एक महिनाको मात्र तयारी गरेकाले खेलमा प्रभाव देखिएको उनको भनाइ छ । आफ्नो टोलीले पनि राम्रो अनुभव पाए बंगलादेशजस्तो प्रदर्शन सम्भव रहेको उनी बताउँछिन् । लगातार मेहनत गरे राष्ट्रिय टोलीसम्म पुग्नसक्ने उनको विश्वास छ ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?