Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै


काठमाडौँ। वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले आ.व.०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी महिलाहरु वैदेशिक रोजगारीमा गएको बताएका छन् ।

मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आ.व. ०७७–०७८ मा ६.८७ प्रतिशत, ०७८–०७९ मा ७.७९ प्रतिशत, ०७९–०८० मा ९.३५ प्रतिशत, ०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी रहेको बताए । महिलाहरुको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको भन्दै कतिपय मुलुकमा श्रम स्वीकृति दिएर जान रोक लगाइए पनि अवैधानिक बाटोबाट जाने गरेको बताए । उनले अवैधानिक रुपबाट वैदेशिक रोजगारीमा जानेहरु विभिन्न शोषण र समस्यामा पर्ने गरेको बताए ।

उनले भने, ‘आ.व. ०७७–०७८ मा ६.८७ प्रतिशत, ०७८–०७९ मा ७.७९ प्रतिशत, ०७९–०८० मा ९.३५ प्रतिशत, ०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी रहेको अवस्था पाउँछौँ । महिलाहरुको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको छ । कतिपय मुलुकमा श्रम स्वीकृति दिएर जान रोक लगाइएको छ । सुरक्षा चुनौतिका कारण तर अवैध बाटो हुँदै जानुभएको छ । विदेशमा श्रम स्वीकृति लिएरै काम गर्न जाने भएपनि महिला श्रमीक नपठाउने भनेका देशहरुमा पनि महिला श्रमीक गएको र विभिन्न समस्या आएको छ । वैधानिक बाटोबाट नजाँदा विभिन्न समस्या आउनसक्छन् । सरकारले जुनसुकै कुनामा गएर अलपत्र परेको नेपालीलाई उद्धार गरेर ल्याइरहेको छ ।’

पछिल्लो समयमा संस्थागत रुपले जाने भन्दा व्यक्तिगत रुपमा जाने दर बढिरहेको बताए । संस्थागत भन्दा व्यक्तिगत रुपमा जाने श्रमीकहरु बढी ठगिरहेको बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?