Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै


काठमाडौँ। वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले आ.व.०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी महिलाहरु वैदेशिक रोजगारीमा गएको बताएका छन् ।

मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आ.व. ०७७–०७८ मा ६.८७ प्रतिशत, ०७८–०७९ मा ७.७९ प्रतिशत, ०७९–०८० मा ९.३५ प्रतिशत, ०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी रहेको बताए । महिलाहरुको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको भन्दै कतिपय मुलुकमा श्रम स्वीकृति दिएर जान रोक लगाइए पनि अवैधानिक बाटोबाट जाने गरेको बताए । उनले अवैधानिक रुपबाट वैदेशिक रोजगारीमा जानेहरु विभिन्न शोषण र समस्यामा पर्ने गरेको बताए ।

उनले भने, ‘आ.व. ०७७–०७८ मा ६.८७ प्रतिशत, ०७८–०७९ मा ७.७९ प्रतिशत, ०७९–०८० मा ९.३५ प्रतिशत, ०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी रहेको अवस्था पाउँछौँ । महिलाहरुको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको छ । कतिपय मुलुकमा श्रम स्वीकृति दिएर जान रोक लगाइएको छ । सुरक्षा चुनौतिका कारण तर अवैध बाटो हुँदै जानुभएको छ । विदेशमा श्रम स्वीकृति लिएरै काम गर्न जाने भएपनि महिला श्रमीक नपठाउने भनेका देशहरुमा पनि महिला श्रमीक गएको र विभिन्न समस्या आएको छ । वैधानिक बाटोबाट नजाँदा विभिन्न समस्या आउनसक्छन् । सरकारले जुनसुकै कुनामा गएर अलपत्र परेको नेपालीलाई उद्धार गरेर ल्याइरहेको छ ।’

पछिल्लो समयमा संस्थागत रुपले जाने भन्दा व्यक्तिगत रुपमा जाने दर बढिरहेको बताए । संस्थागत भन्दा व्यक्तिगत रुपमा जाने श्रमीकहरु बढी ठगिरहेको बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?