Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

रोजगारीका क्रममा महिला श्रमीकलाई धेरै समस्या छन्ः सचिव बस्नेत


काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले महिला श्रमीकले देशभित्र वा बाहिर रोजगारको क्रममा विभिन्नखाले समस्या भोग्नु परिरहेको बताएकी छिन् ।

मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताइन । उनले महिला श्रमीकहरुले श्रम गर्ने सिलसिलामा विभिन्न चुनौतिहरुको सामना गर्नु परेकाले त्यसलाई हटाउन जरुरी रहेको बताइन । रोजगारीका लागि महिलाहरु विदेश जाँदा ठगी, शोषण, मानव बेचबिखनमा पर्नसक्ने उच्च जोखिम रहेको बताएकी छिन् । सीपको अभाव बिनै जाँदा काममा दक्षता नभएकाले रोजगारदाताले समयमै पारिश्रमीक नदिने, शोषण गर्ने गरेको पाइएको बताइन ।

उनले भनिन, ‘जुनसुकै अवस्थामा चाहे त्यो देशभित्र होस् वा बाहिर जुनसुकै अवस्थामा पनि रोजगार गर्ने सिलसिलामा विभिन्न चुनौतिहरुको सामना गर्नु परिरहेको छ । यसमा विशेष गरेर वैदेशिक रोजगारीमा हेर्ने हो भने रोजगारीको सिलसिलामा हेर्ने हो भने रोजगारीका लागि महिलाहरु विदेश जाँदा ठगी, शोषण, मानव बेचबिखनमा पर्नसक्ने उच्च जोखिम भएको देखिन्छ । सीपको अभाव बिनै जाँदा काममा दक्षता नभएकाले रोजगारदाताले समयमै पारिश्रमीक नदिने, शोषण गर्ने गरेको देखिन्छ । यसले हाम्रो सामाजिक संरचनामा नै असर पारेको छ । श्रम स्वीकृति नलिइ गैरबाटोबाट विदेश जाने महिलाको स्वदेश फिर्ता गराउने अवस्था कठिन बनेको छ ।’

सचिव बस्नेतले श्रम स्वीकृति नलिइ गैरबाटोबाट विदेश जाने महिलाको स्वदेश फिर्ता गराउने अवस्था कठिन बनिरहेको बताइन ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?