Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

रोजगारीका क्रममा महिला श्रमीकलाई धेरै समस्या छन्ः सचिव बस्नेत


काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले महिला श्रमीकले देशभित्र वा बाहिर रोजगारको क्रममा विभिन्नखाले समस्या भोग्नु परिरहेको बताएकी छिन् ।

मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताइन । उनले महिला श्रमीकहरुले श्रम गर्ने सिलसिलामा विभिन्न चुनौतिहरुको सामना गर्नु परेकाले त्यसलाई हटाउन जरुरी रहेको बताइन । रोजगारीका लागि महिलाहरु विदेश जाँदा ठगी, शोषण, मानव बेचबिखनमा पर्नसक्ने उच्च जोखिम रहेको बताएकी छिन् । सीपको अभाव बिनै जाँदा काममा दक्षता नभएकाले रोजगारदाताले समयमै पारिश्रमीक नदिने, शोषण गर्ने गरेको पाइएको बताइन ।

उनले भनिन, ‘जुनसुकै अवस्थामा चाहे त्यो देशभित्र होस् वा बाहिर जुनसुकै अवस्थामा पनि रोजगार गर्ने सिलसिलामा विभिन्न चुनौतिहरुको सामना गर्नु परिरहेको छ । यसमा विशेष गरेर वैदेशिक रोजगारीमा हेर्ने हो भने रोजगारीको सिलसिलामा हेर्ने हो भने रोजगारीका लागि महिलाहरु विदेश जाँदा ठगी, शोषण, मानव बेचबिखनमा पर्नसक्ने उच्च जोखिम भएको देखिन्छ । सीपको अभाव बिनै जाँदा काममा दक्षता नभएकाले रोजगारदाताले समयमै पारिश्रमीक नदिने, शोषण गर्ने गरेको देखिन्छ । यसले हाम्रो सामाजिक संरचनामा नै असर पारेको छ । श्रम स्वीकृति नलिइ गैरबाटोबाट विदेश जाने महिलाको स्वदेश फिर्ता गराउने अवस्था कठिन बनेको छ ।’

सचिव बस्नेतले श्रम स्वीकृति नलिइ गैरबाटोबाट विदेश जाने महिलाको स्वदेश फिर्ता गराउने अवस्था कठिन बनिरहेको बताइन ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?