Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी


काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई नेपालमै रोजगारी दिन आवश्यक रहेको बताएका छन् ।

मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यसतो बताएका हुन् । उनले यसमा मन्त्री एक्लैले नसक्ने भन्दै सबै मिलेर वृहत कार्ययोजनासहित काम गर्नुपर्ने बताए । उनले महिलालाई त्रनिंग दिँदा महिलाले आफ्नै गाउँघरमा रोजीरोटी पाउने बताए । विदेशमा श्रम गर्न गएका महिलाको समस्या समाधानमा सरकारले काम गरिरहेको बताए । उनले समस्यामा परेका नागरिकको उद्धारमा सरकारले सधैँ प्राथमिकताका साथ काम गरिरहेको बताए ।

उनले भने, ‘मन्त्री एक्लैले केही गर्न सक्दैन । तपाईंहरु मिलेर वृहत गर्न सक्नुहुन्छ । महिलालाई टे«निङ दिँदा महिलाले आफ्नै गाउँघरमा रोजीरोटी पायो भने बाहिर जाँदैन । जो महिला विदेशमा श्रम गर्न जानुभएको छ । उहाँहरुलाई कठिनाइ भएको छ भने तपाईंहरुले जानकारी दिनुभयो भने त्यमसा दत्तचित्त भएर उहाँहरुको उद्धारको लागि लाग्नेछौँ । हुनतः यो काम श्रम, रोजगार मन्त्रालयको हो । तर महिला दिदिबहिनीको लागि मन्त्रालय सदैव तयार रहन्छ ।’

मन्त्री सुडीले विदेशमा रहेका महिलाहरुको उद्धार, व्यवस्था र सुरक्षित गर्न सरकार सदैव तयार रहेको बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?