काठमाडौँ। राष्ट्रिय सभाको मंगलवारको बैठकमा एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको खोजि भएको छ ।
सभाको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)की सांसद रेणु चन्दले सरकारलाई एकीकृत निर्वाचन व्यवस्थापन विधेयक किन संसदमा दर्ता नभएको ? भनी प्रश्न गरेकी हुन् । लामो समयदेखि निर्वाचनसम्बन्धी ऐनका लाति तयार पारिएको उक्त विधेयक सिंहदरबारमा ‘म्यारिगो राउन्ड’ खेलिरहेको टिप्पणी गरिन । उनले सरकारले महत्वपूर्ण विधेयकरु अड्काएको राखेको भन्दै आपत्ति जनाइन । उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक र शिक्षासम्बन्धी विधेयक समेत अगाडि नबढाएको भन्दै आपत्ति जनाइन । उनले निजामति विधेयकमा सत्तारूढ दलहरूकै आपसी समझदारी नभएको भन्दै आलोचना गरिन ।
उनले भनिन, ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक र शिक्षा विधेयक कहाँ छन् ? सरकारबाट जवाफको अपेक्षा राखे । एउटा विधेयक यस्तो छ जुन दर्ता नै भएको छैन । एकीकृत निर्वाचन व्यवस्थापन विधेयक संसदमा दर्ता नै भएको छैन । निजामति विधेयकमा सत्तारुढ दलहरुकै आपसि समझदारी नै छैन भन्ने कुरा त आज हाउस सुरु हुने बित्तिकै देखिहालियो । एमालेकै सांसदले कुलिङ अफ पिरियडमा संशोधनमार्फत आएको भाइरस कतबाट पस्यो भन्ने कुरामा बुझ्न अब गाह्रो भएन । अहिले एमालेमा लाइनको कुरा भइरहेकोले सञ्चारमन्त्री र संशोधन हाल्ने माननीयज्यूको लाइन मिलेन छ कि क्या हो ? एकीकृत निर्वाचन व्यवस्थापन विधेयक सिंह दरबारमा म्यारिगो राउन्ड खेल्दै छ । एकीकृत निर्वाचनसम्बन्धी कानून ल्याउन किन ढिला भइरहेको छ ?’
सांसद चन्दले एमाले सांसदहरुले कुलिङ अफ पिरियडको व्यवस्था नै खारेज गर्न संशोधन दर्ता गराएकोप्रति पनि आपत्ति जनाइन । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक गोपाल भट्टराईको अगुवाइमा सांसदहरू सोनाम गेल्जेन शेर्पा (संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति), सुमित्रा बीसी, इन्दिरादेवी गौतम, रुक्मणी कोइरालाले विधेयकको दफा ८२ (४) को कुलिङ अफ पिरियडको व्यवस्था हटाउनुपर्ने संशोधन प्रश्ताव दर्ता गराएकी छिन् ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार