Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नागरिकको गास, बास र कपासमा ध्यान दिन काँग्रेस सांसद भट्टद्वारा सरकारको ध्यानाकर्षण


काठमाडौँ। नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले नागरिकको आधारभुत आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टले विपद्जन्य घटना बढिरहेको उल्लेख गर्दै नागरिकको गास, बास र कपासको व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले मधेस प्रदेशमा खानेपानीको हाहाकार भएको उल्लेख गर्दै मधेसवासीलाई खानेपानी उपलब्ध गराउन पनि माग गरे । सांसद भट्टले राष्ट्रिय सभा सदस्यहरुको भूमिका र उमेरलाई लिएर प्रश्न उठ्ने गरेको उल्लेख गर्दै यस्तो नगर्न चेतावनी दिए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सांसद ज्ञानबहादुर शाहीलाई लक्षित गर्दै काट्टो खाएको मान्छेले पिण्ड के हो भन्ने कुरा नबुझ्ने टिप्पणी गरे । केही समय अघि सांसद शाहीले राष्ट्रिय सभा वृद्धाश्रम भएको भनी दिएका थिए ।

सांसद भट्टले भने, ‘जसले काट्टो खाएको छ उसलाई पिण्ड के हो भन्ने कुरा कसरी बुज्छ ? ती काट्टो खानेवालाहरुलाई भन्न चाहान्छु पिण्ड भनेको सम्मानको शब्द हो । त्यसकारण यो राष्ट्रिय सभाको गरिमा छ । यसको औचित्य छ । यो सभाले कुलिङ अफ पिरियडको कुरामा मात्र होइन यहाँ आउने सबै विधेयकहरुमा राष्ट्र, राष्ट्रियता र देश जनताको हितमा काम गरेको कुरा प्रमाणित गर्छ । एकथरी आन्दोलन के हो ? जेल के हो ? परिवर्तन के हो ? केही पनि थाहा छैन । सानो छिसिक्क केही भयो कि राजनीनामा भन्छन् । मलाई त राति निद्रामा बिउँझिदा पनि राजीनामा नै भन्छन् कि जस्तो लाग्छ ।’

उनले परिवर्तन र आन्दोलन केही नदेखेकाहरुले गृहमन्त्रीको राजीनामा मागिरहेको भन्दै आपत्ति जनाए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?