Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नागरिकको गास, बास र कपासमा ध्यान दिन काँग्रेस सांसद भट्टद्वारा सरकारको ध्यानाकर्षण


काठमाडौँ। नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले नागरिकको आधारभुत आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टले विपद्जन्य घटना बढिरहेको उल्लेख गर्दै नागरिकको गास, बास र कपासको व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले मधेस प्रदेशमा खानेपानीको हाहाकार भएको उल्लेख गर्दै मधेसवासीलाई खानेपानी उपलब्ध गराउन पनि माग गरे । सांसद भट्टले राष्ट्रिय सभा सदस्यहरुको भूमिका र उमेरलाई लिएर प्रश्न उठ्ने गरेको उल्लेख गर्दै यस्तो नगर्न चेतावनी दिए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सांसद ज्ञानबहादुर शाहीलाई लक्षित गर्दै काट्टो खाएको मान्छेले पिण्ड के हो भन्ने कुरा नबुझ्ने टिप्पणी गरे । केही समय अघि सांसद शाहीले राष्ट्रिय सभा वृद्धाश्रम भएको भनी दिएका थिए ।

सांसद भट्टले भने, ‘जसले काट्टो खाएको छ उसलाई पिण्ड के हो भन्ने कुरा कसरी बुज्छ ? ती काट्टो खानेवालाहरुलाई भन्न चाहान्छु पिण्ड भनेको सम्मानको शब्द हो । त्यसकारण यो राष्ट्रिय सभाको गरिमा छ । यसको औचित्य छ । यो सभाले कुलिङ अफ पिरियडको कुरामा मात्र होइन यहाँ आउने सबै विधेयकहरुमा राष्ट्र, राष्ट्रियता र देश जनताको हितमा काम गरेको कुरा प्रमाणित गर्छ । एकथरी आन्दोलन के हो ? जेल के हो ? परिवर्तन के हो ? केही पनि थाहा छैन । सानो छिसिक्क केही भयो कि राजनीनामा भन्छन् । मलाई त राति निद्रामा बिउँझिदा पनि राजीनामा नै भन्छन् कि जस्तो लाग्छ ।’

उनले परिवर्तन र आन्दोलन केही नदेखेकाहरुले गृहमन्त्रीको राजीनामा मागिरहेको भन्दै आपत्ति जनाए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?