Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सरकारी असफलताका कारण जबरजस्ती निष्काषन र आवासविहीनता बढ्दोः एम्नेस्टी इन्टरनेशनल


काठमाडौँ। सरकारी असफलताको कारण नेपालमा जबरजस्ती निष्कासन र आवासविहीनता बढ्दै गएको देखिएको छ ।

एम्नेस्टी इन्टरनेसनलले मंगलवार ‘कहीँ जाने ठाउँ छैनः नेपालमा जबरजस्ती निष्काषन’ शिर्षकको प्रतिवेदन सार्वजनिक गर्दै निष्कासन र आवासविहीनता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । सरकारको नीतिगत अस्पष्टता, कानूनी कमजोरी र समन्वयहीनताको कारण दलित, आदिवासी जनजाति र भूमिहीन समुदायहरू निष्कासन र आवासहीनताको मारमा परेको एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियाले बताए । उनले विभिन्न जिल्लाका प्रतिनिधिमूलक निष्कासनका घटनाहरु उल्लेख गर्दै प्रभावित समुदायहरूमाथि कुनै उचित कानुनी प्रक्रिया बिना जबरजस्ती घर भत्काउने, आवास गुमाउने र पुनस्र्थापनाका लागि आधारभुत परामर्शसमेत नगर्ने कार्यहरू दोहोरिएको बताए ।

उनले आवासको अधिकारसम्बन्धी ऐन, २०७५ को कार्यान्वयनमा सरकार असफल भएको तथा कानुनी संरचनाको अभावमा प्रभावित समुदायहरूमा गहिरो मानवीय संकट उत्पन्न भएको बताए । राष्ट्रिय मानवअधिकार आयोगले समेत केही निष्काषन घटनाको अनुगमन गरी सिफारिसहरू गरे पनि पर्याप्त स्रोत र क्षमता अभावमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ । उनले जबरजस्ती निष्काषनको अभ्यास तत्काल अन्त्य गर्न, निष्कासन आवश्यक परेमा मात्र उचित कानूनी प्रक्रिया अपनाउन तथा प्रभावित समुदायको सहभागितामा पुनस्र्थापना योजना बनाउन सरकारसँग माग पनि गरे ।

उनले भने, ‘२०७५ सालमा आवासको अधिकारसम्बन्धी ऐन जारी भएको छ । त्यो ऐनमा केही त्रुटीहरु छन् । एम्नेस्टीले त्यो एनमा भएको त्रुटीहरुलाई पनि औंल्याएको छ । यद्धपी एउटा एउटा ऐन हामी पाएका छौं । तर पनि त्यसका लागि आवश्यक पर्ने नियमावलीहरु अझै पनि अपुरा छन् । भूमिसम्बन्धी ऐनले अझै पनि नेपालमा धेरै मानिसहरु भूमिहिन हुनुहुन्छ र उहाँहरुलाई आवास लगायतको व्यवस्था गर्ने प्रतिवद्धता समेत छँदैछ । तर पनि भएका ऐनहरुको प्रभावकारी कार्यान्वयन भएको छैन ।’

पटक पटक गरेर देशका विभिन्न ठाउँका सुकुम्बासीहरुलाई सरकारले हटाएको भएपनि उनीहरुको व्यवस्थापन गर्न नसकेको पाटो एम्नेस्टीको प्रतिवेदनले उजागर गरेको छ ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?