Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

सरकारी असफलताका कारण जबरजस्ती निष्काषन र आवासविहीनता बढ्दोः एम्नेस्टी इन्टरनेशनल


काठमाडौँ। सरकारी असफलताको कारण नेपालमा जबरजस्ती निष्कासन र आवासविहीनता बढ्दै गएको देखिएको छ ।

एम्नेस्टी इन्टरनेसनलले मंगलवार ‘कहीँ जाने ठाउँ छैनः नेपालमा जबरजस्ती निष्काषन’ शिर्षकको प्रतिवेदन सार्वजनिक गर्दै निष्कासन र आवासविहीनता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । सरकारको नीतिगत अस्पष्टता, कानूनी कमजोरी र समन्वयहीनताको कारण दलित, आदिवासी जनजाति र भूमिहीन समुदायहरू निष्कासन र आवासहीनताको मारमा परेको एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियाले बताए । उनले विभिन्न जिल्लाका प्रतिनिधिमूलक निष्कासनका घटनाहरु उल्लेख गर्दै प्रभावित समुदायहरूमाथि कुनै उचित कानुनी प्रक्रिया बिना जबरजस्ती घर भत्काउने, आवास गुमाउने र पुनस्र्थापनाका लागि आधारभुत परामर्शसमेत नगर्ने कार्यहरू दोहोरिएको बताए ।

उनले आवासको अधिकारसम्बन्धी ऐन, २०७५ को कार्यान्वयनमा सरकार असफल भएको तथा कानुनी संरचनाको अभावमा प्रभावित समुदायहरूमा गहिरो मानवीय संकट उत्पन्न भएको बताए । राष्ट्रिय मानवअधिकार आयोगले समेत केही निष्काषन घटनाको अनुगमन गरी सिफारिसहरू गरे पनि पर्याप्त स्रोत र क्षमता अभावमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ । उनले जबरजस्ती निष्काषनको अभ्यास तत्काल अन्त्य गर्न, निष्कासन आवश्यक परेमा मात्र उचित कानूनी प्रक्रिया अपनाउन तथा प्रभावित समुदायको सहभागितामा पुनस्र्थापना योजना बनाउन सरकारसँग माग पनि गरे ।

उनले भने, ‘२०७५ सालमा आवासको अधिकारसम्बन्धी ऐन जारी भएको छ । त्यो ऐनमा केही त्रुटीहरु छन् । एम्नेस्टीले त्यो एनमा भएको त्रुटीहरुलाई पनि औंल्याएको छ । यद्धपी एउटा एउटा ऐन हामी पाएका छौं । तर पनि त्यसका लागि आवश्यक पर्ने नियमावलीहरु अझै पनि अपुरा छन् । भूमिसम्बन्धी ऐनले अझै पनि नेपालमा धेरै मानिसहरु भूमिहिन हुनुहुन्छ र उहाँहरुलाई आवास लगायतको व्यवस्था गर्ने प्रतिवद्धता समेत छँदैछ । तर पनि भएका ऐनहरुको प्रभावकारी कार्यान्वयन भएको छैन ।’

पटक पटक गरेर देशका विभिन्न ठाउँका सुकुम्बासीहरुलाई सरकारले हटाएको भएपनि उनीहरुको व्यवस्थापन गर्न नसकेको पाटो एम्नेस्टीको प्रतिवेदनले उजागर गरेको छ ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?