Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

व्यापार घाटा १५ खर्ब २७ अर्ब, निर्यातले रेकर्ड तोड्यो


काठमाडौँ। नेपालको वैदेशिक व्यापारघाटा २०८१/८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आ.व.को तुलनमा १ खर्ब भन्दा बढिले वृद्धि भएको हो ।

नेपालको वैदेशिक व्यापार घाटा २०८०/८१ मा १४ खर्ब ४० अर्ब व्यहोरेकोमा २०८१/८२ मा १५ खर्ब २७ अर्ब ब्यापार घाटा व्यहोरेको छ । अघिल्लो वर्षको तुलनामा यो व्यापारघाटा ६ प्रतिशतले बढेको हो ।

नेपालले खासगरी, भारत, चीन लगायतका देशहरुसँग ठूलो मात्रामा वैदेशिक व्यापारमा घाटा व्यहोर्दै आएको छ । परनिर्भरताले सीमा नाघ्दा सियोदेखि सुनसम्म नेपालले विदेशबाट आयात गर्दै आएको छ ।

नेपालले २०८१/८२ मा २० खर्ब ८ अर्बको वैदेशिक व्यापार गरेको थियो । भन्सार विभागका अनुसार १८ खर्ब ४ अर्बको वस्तु आयात भएको छ । यो आयात अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढेको छ ।

यस्तै, निर्यात वृद्धिले रेकर्ड तोडेको छ । २०८१/८२ मा नेपालले २ खर्ब ७७ अर्बको वस्तु निर्यात गरेको छ । यो निर्यात अघिल्लो आ.व.को तुलनामा ८१ दशमलव ८० प्रतिशतले बढी हो । अघिल्लो आ.व. २०८०/८१ मा १ खर्ब ५२ अर्बको मात्रै वस्तु निर्यात गरेको थियो ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?