Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

शेखर कोईरालाको आरोपः एमालेले काँग्रेसको कोर भ्याल्युजमा आक्रमण गर्यो


काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसको कोर भ्याल्युजमा एमालेले आक्रमण गरिरहेको आरोप लगाएका छन् ।

विपी स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकामा एउटै पार्टीको नेतृत्व नहुने स्थितिमा मिलेर सरकार बनाउनेकुरा राम्रो भएपनि आफ्नो महत्व काँग्रेसले बिर्सिन नहुने बताए । अहिले काँग्रेसको महत्वमाथि कम्युनिष्टहरुले आक्रमण गरिरहेको बताए । कुलिङ अफ पिरियडमा काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुलिङ पिरियड हटाउने र ढिलो गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताउनसक्नुपर्ने उल्लेख गरे । सच्याउने नाममा राष्ट्रिय सभामा एमाले सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन हाल्नेकुरा नेपाली काँग्रेसको कोर भ्याल्युजमा आक्रमण गर्नु रहेको बताए ।

सांसद कोईरालाले भने, ‘हामी सरकारमा छौँ, ठिक छ, उपाय छैन । तर जसरी हाम्रो बेसिक कोर भ्याल्युजमा कम्युनिष्टहरुले, एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ । दुःख त्यहाँ लागिरहेको छ । हामीले बोल्यौँ कुलिङ अफ पिरियडमा ? अहिले हामीले भन्नसक्नुपर्छ । सभापतिजीले प्रधानमन्त्रीलाई भन्न सक्नुपर्छ यो स्वीकार्य हुँदै फटाफट गर्नुस् भनेर । गल्ती भएको छ, हामीबाट पनि भएको छ । नेपाली काँग्रेसका सांसदहरुको गल्ती छैन भनेर म भन्दिनँ, मेरो पनि गल्ती छ, किन हेरेनौँ त्यो । राज्य व्यवस्था समितिका साथीहरुको गल्ती छ । उनीहरुले किन हेरेर पठाएनन् । सभापतिको गल्ती छ, राज्य व्यवस्था समितिको सभापतिले किन हेरेर पठाएनन् उनको गल्ती छ । हस्ताक्षर गर्ने अनि नहेर्ने ? अनि गल्ती भयो भन्ने । हाम्रो पनि गल्ती छ । तर सच्याउने नाममा राष्ट्रिय सभाले उल्टै एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको नेपाली काँग्रेसको कोर भ्याल्युजमा अट्याक गरेको हो की होइन ? यो कुरा हामीले बुझ्न जरुरी छ । जसरी सभापतिजीले टेक एण्ड पे र टेक अर पेमा अडान लिनुभएको थियो, त्यो अडान अहिले चाहिएको छ हामीलाई ।’

सांसद कोईरालाले भूमि सम्बन्धी विधेयक पारित गर्न किन हतार भएको ? भन्दै प्रश्न गरे । आजको भोलि नै किन पारित गर्नुपर्ने भन्दै प्रश्न गरे । भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरु डराइरहेको उनको आरोप छ ।

सांसद कोईरालाले भने, ‘भूमि सम्बन्धी विधेयक, के हतार छ ? किन आजको भोलि नै पास गर्नुपर्यो । के कारण पर्यो । किन समितिमा छलफल गर्न डराइरहनुभएको छ, एमालेका मित्रहरु, सांसदहरु ? त्यसको जवाफ नेपाली काँग्रेसका साथीहरुलाई चाहिन्छ । मन्त्रीजीहरु यहीँ हुनुहुन्छ, उहाँहरुले पनि भन्नुपर्यो । क्याबिनेटमा बोल्नुपर्यो । कहीँ न कहीँ त फरक छ भन्ने देखाउनुपर्छ । सबैभन्दा गम्भीर विषय संवैधानिक परिषद्मा जसरी राष्ट्रिय सभाले पास गरेको छ, त्यो अगर राष्ट्रपतिजीले छाप लगाइदिनुभयो भने संविधानको स्पिरिट मर्छ । प्रधानमन्त्री र एकजना सदस्य बसेर जे पनि गर्नसक्ने भए । जोसुकै प्रधानमन्त्री हुन् । अहिले एमालेको प्रधानमन्त्री हुनुहुन्छ, तर भोलि हाम्रै प्रधानमन्त्री भएपनि यो कुरा गलत हुन्छ भन्नेकुरा हामीले भन्नसक्नुपर्छ । संविधानको स्पिरिट के हो भने संवैधानिक परिषद्मा जो व्यक्तिहरु हुनुहुन्छ, तिनीहरुले बेइमानी गर्दैनन्, छलफल गर्दछन्, मिलाउँछन्, कुरा गर्छन् अनि सबै सिनियर मान्छेहरुलाई ल्याउँछन् भनियो । के भयो बताउँ, प्रतिनिधि सभाले पास गर्यो,अप्पर हाउसले त्यसलाई परिमार्जन गरेर पठायो ।’

सांसद कोईरालाले काँग्रेस चुपचाप लागेर बस्न नहुने बताए । भ्रष्ट मन्त्रीहरु अहिले पनि सरकारमै रहेको आरोप लगाए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?