Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

द्वन्द्व व्यवस्थापन र शान्ती प्रक्रिया टुंग्याउन राजनीतिक दलहरुले खेलेको भुमिका असाधारणः प्रमुख सचेतक बर्तौला


काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताएका छन् ।

आईतवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सशस्त्र द्वन्द्व अन्त्यपछि शान्ति प्रक्रियालाई अघि बढाउन राजनीतिक दलहरूको साझा पहल र सहमतिले महत्वपूर्ण भुमिका खेलेको उनको भनाइ छ । उनले टिरआसी विधेयक पास भइसकेको उल्लेख गर्दै त्यसले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्ने कुराको सुनिश्चितता गरेको पनि बताए ।

उनले भने, ‘नेपालको द्वन्द्वलाई व्यवस्थापन गर्न र शान्ती प्रक्रियालाई व्यवस्थापन गर्नको लागि राजनीतिक दलहरुले गरेको साझा पहल, प्रयत्न र भूमिका असाधारण छ । यसले हजारौं द्वन्द्वपीडितहरुलाई न्यायको सुनिश्चितता गरेको छ । पीडकहरुलाई कानूनी दायरामा ल्याउने कुराको पनि सुनिश्चितता गरेको छ । अहिले विश्वका धेरै देशहरुले त्यहाँको द्वन्द्व व्यवस्थापन गर्दै शान्ती प्रक्रिया टुंग्याउनका लागि धेरै कसरतहरु गर्नुपरेको अवस्थामा हामीले गरेको कामको विषय प्रतिवेदनमार्फत विश्वमञ्चमा लैजानुपर्छ ।’

नेपालले शान्ति प्रक्रिया सफलतापूर्वक अघि बढाएको अनुभवलाई अन्तरराष्ट्रिय समुदायमा प्रश्तुत गर्नुपर्ने उनको मत छ ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?