Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सबै वस्तुमा एमआपी लागू गर्ने निर्णय पुन : विचार गर्न राष्ट्रिय व्यवसायी महासंद्वारा सरकारको ध्यानाकर्षण


काठमाडौँ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा लागू गर्ने निर्णय तत्काल पुनर्विचार गर्न माग गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघले आईतवार पूर्वाधारको तयारी नगरी सबै वस्तुमा एमआरपी लागू गर्न खोजेको भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । सबै वस्तुमा एमआरपी लागू गर्ने सरकारको निर्णयले व्यवसायीहरुलाई थप निराश बनाउने तथा व्यवसाय नै छोड्न वाध्य बनाउने खतरा रहेको अध्यक्ष मनोजबाबु श्रेष्ठले बताए । राजनीतिक अस्थिरता, भूकम्प, महामारी, आर्थिक नाकाबन्दी, भन्सार दरको अव्यवहारिकता र युवा पलायन जस्ता कारणले देशको आर्थिक अवस्था कमजोर भएको अवस्थामा सरकारले एमआरपी अनिवार्य गर्ने निर्णय गर्दा व्यवसाय सञ्चालन गर्न कठिन हुने उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले सिमानाबाट हुने अनधिकृत व्यापार नियन्त्रणमा सरकारले खासै पहल नगरेको आरोप समेत लगाएको लगाए । उनले उच्च भन्सार दर र सीमित स्रोत साधनका कारण सीमाबाट अस्वीकृत सामान भित्रिने क्रम बढ्दा राज्यले ठूलो मात्रामा राजश्व गुमाइरहेको पनि बताए । उनले एमआरपी सम्बन्धी नीति क्रमशः लागू गर्न सुझाव दिएको दिए । उनले अत्यावश्यक वस्तुहरूमा मात्र एमआरपी लागू गरेर त्यसको प्रभाव मूल्याङ्कन गर्दै विस्तारै अन्य वस्तुमा कार्यान्वयन सुझाव दिए ।

उनले भने, ‘एमआरपीको विषयमा जुक कुराहरु बजारमा आइरहेको छ । यसको विषयमा केही कुरा गरौँ भनेर मन्त्रालयमा आएका हौँ । एमआरपी लगाउन नेपाल राष्ट्रिय व्यवसायी महासंघ तयार छ तर यसमा विविध जटिलताहरु भएको कारणले केही कुराहरु परिमार्जन गर्नुपर्छ भनेर आएका हौँ । यो कुराहरुका बारेमा छलफल गरेर निर्णय लिने मन्त्रीज्युले भन्नुभयो । व्यवसायीहरुका पीरमर्का सम्बोधन गर्छु भन्नुभएको छ । अहिले आयात गरिएका सामानहरु सन्दर्भ मूल्यबाट आइरहेका छन् । भन्सार दरबन्दीहरु अधिक भन्दा अधिक छ । त्यो दरबन्दी न्युनिकरण गरियोस् । सन्दर्भ मूल्यलाई घटाएर स्वघोषणा मूल्य गरियोस् भनेका छौँ ।’

उनले भन्सार दर व्यवहारिक बनाउँदै उद्योग व्यवसायमैत्री नीति ल्याउन समेत आग्रह गरेका छन् । उनले भारतबाट आइरहेका चोरी पैठारीका सामग्रीहरुको नियन्त्रण गर्न पनि माग गरे ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?